मङ्गलबार, २५ बैशाख २०८१

सौराहामा आराम गर्दै काँग्रेस सभापति देउवा

१० असार २०७५, आईतवार १४:०२ मा प्रकाशित

चितवन, १० असार, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहनुभएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उहाँ गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहनुभएको छ । उहाँका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गर्नुभएको छैन ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहनुभएको ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहनुभएको बताइएको छ । प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहनुभएको हो ।

शनिबार काठमाडौँ फर्किने भनिए पनि उहाँ फर्किनुभएन ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter