मङ्गलबार, २५ बैशाख २०८१

दुग्ध विकास संस्थान डिडिसी र दुध डेरी सञ्चालकहरुबीच सिंहदरवारमा छलफल

१० असार २०७५, आईतवार ११:११ मा प्रकाशित

10 असार, काठमाडौं ।
कृषि, भूमि व्यवस्था मन्त्रालय तथा सहकारी मन्त्रालय, सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डिडिसी र दुध डेरी सञ्चालकहरुबीच सिंहदरवारमा छलफल । सरकारले दुध डेरीहरुमा छापा मारी २ वटा डेरीका ४ गोदामा सिलबन्दी गरेपछि डेरी सञ्चालकसँगको यो दोस्रो छलफल हो ।
छलफलमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले दिएका निर्देशन र अभिव्यक्ति
अनुगमन चर्चामा आउनका लागि मात्र होइन, अहिलेका विकृतिलाई निष्कर्षमा नपुर्याएसम्म जतिबेला जहाँ पनि हुन्छ । वर्षमा पचासौं पटक पनि अनुगमन हुन्छ ।
जनताको स्वास्थ्यमा खेलवार्ड गर्ने जो कोहीलाई पनि छोडिन्न । कर्मचारी अभाव भएर सरसफाई हुन नसकेको भए थपेर भएपनि सफासुघ्घर राख्न निर्देशन ।
पाउडर दुध केहीसमयलाई आयात बन्द हुन्छ, पाउडर उत्पादन गर्ने स्वदेशी कारखानालाई सहुलियत दिने, म्याद गुज्रेर सिलबन्दीमा परेको पाउडरको माया मारौं । चितवनको पाउडर डेरीको पुर्नसंचलन गर्न र डिडिसीलाई स्तरोन्नती गर्न निर्देशन ।
व्यवशायीले मिडियासहित अनुगमन गरेर नराम्रो सन्देश दिएको बताएपछि मन्त्री खनालले ले भने, ‘केही मिडियाले केही बढाई चढाई गरेको पनि होला तर तपाईहरु उत्पादन राम्रो गर्नुस्, मिसावट नगर्नुस, सरसफाइमा र जनताको स्वास्थ्यको ख्याल गर्नुस् । त्यसो गर्दा मिडियासँग डराउनु पर्दैन । मिडियाले राम्रोलाई नराम्रो त पक्कै भन्दैन होला । तपाईले उत्पादन गरेको दुध फ्याक्ट्रीमै बसेर स्वच्छ मनले जवसम्म तपाई आफै खान सक्नुहुन्छ जवसम्म जनतालाई कन्भिन्स गर्न सकिन्न । राम्रो गरेर देखाउनुस्, प्रचार त्यहीबाट हुन्छ । अनि बिक्रि घट्यो भनेर पनि चिन्ता गर्नु पर्दैन ।’
व्यवशायीको प्रतिक्रियाः
अरनिको राज भण्डारी (नेपाल डेरीका सञ्चालक)
अनुगमनलाई निरन्तरता दिनुपर्छ, त्यसमा हामी सहयोग नै गछौं, आपत्ति छैन तर मिडिया सहित अनुगमनमा जाँदा त्यसले राम्रो सन्देश दिएको छैन, दुध भन्ने चिज त खानै नहुने रहेछ भन्ने परेको छ । त्यसैले मिडिया बिनै अनुगमन गरौं । कच्चा दुध कस्तो आएको छ त्यो हामीलाई थाहा हुँदैन, त्यसैले दुध भित्रने नाकामै चेकजाँच गरौं ।
राजकुमार दाहाल (राजधानी डेरी)
केही डेरी दर्ता नभई सञ्चालन भइरहेका छन्, त्यसो गर्दा उनीहरुले सरकारलाई कर तिर्न परेको छैन । कर नतिर्दा उनीहरुले सस्तोमा दुध बेच्छन्, हामी कर तिरेर उनीहरुसँग प्रतिष्पर्धा गर्न सक्दैनौं, हामीले कसरी निर्वाह गर्ने ? मिडियाले पनि हामीलाई मात्रै लखेटिरहने गरेकोले उपभोक्तामाझ गलत सन्देश गएको छ ।
नारायण देवकोटा अध्यक्ष केन्द्रीय दुग्ध सहकारी संस्था
गुणस्तर कायम गर्नु पर्छ भन्नेमा सहमत छौं, अहिले विदेशबाट धेरै सस्तोमा पाउडरको आयात भएको छ त्यसलाई रोक्न नै पर्छ । दैनिक दुईलाख लिटर दुध संकलन भए मिल्क होलिडे हुन्न ।
इश्वरी गौतम (डिडिसीका जिएम)
दुध किन खाने भन्ने प्रश्न खडा भएको छ । हाम्रो दुधमा युरिया छैन । धेरै सहकारीले बिहान र बेलुका दुई पटक दुध संकलन गर्दैनन् । दुई पटक दुध संकलन गरे यो समस्या रहदैन । सरकारले छापा मारेपछि दैनिक १० हजार लिटर दुध बिक्रि हुन छाडेको छ । क्वालिटीको तलैदेखि अनुगमन

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter