शनिबार, ०५ जेठ २०८१

गुणस्तरीय शिक्षाका लागि ‘बेइजिङ एजुकेशन फेयर’

१० असार २०७५, आईतवार २३:१२ मा प्रकाशित

काठमाडौँ, १० असार , छिमेकी मुलुक चीनका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आज यहाँ ‘बेइजिङ एजुकेशन फेयर’ आयोजना गरिएको छ ।

बेइजिङ इन्टरनेशनल एजुकेशन एक्सचेन्ज सेन्टरको आयोजनामा काठमाडौँको ¥याडिसन होटलमा शुरु भएको मेलामा चीनका नौवटा विश्वविद्यालय तथा दुईवटा उच्च शिक्षालयका प्रतिनिधिले सम्बन्धित विषयबारे जानकारी गराएका थिए ।

एकदिवसीय प्रदर्शनीमा कृषि, पर्यटन, जलविद्युत्, कला, साहित्य, संस्कृति, चलचित्रलगायत विधामा विकास गरिएका पाठ्यक्रमकाबारे विद्यार्थीलाई जानकारी दिइएको थियो । ती शैक्षिक संस्थाबाट शिक्षा प्राप्त गरेपछिका सम्भावना तथा छात्रवृत्तीबारे समेत जानकारी गराइएको थियो ।

प्रदर्शनीको शुभारम्भ गर्दै शिक्षा सचिव खगराज बरालले यस किसिमको प्रदर्शनीले विद्यार्थीलाई रोजाइअनुसारको विषयमा उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल र चीनबीच सदियाँैदेखिको मैत्री सम्बन्धलाई बलियो बनाउन यस्ता प्रदर्शनीलाई अन्य शहरमा समेत लैजान उहाँले सुझाव दिनुभयो ।

एजुकेशन कमिटी अफ सिपिसी बेइजिङ कमिटीका उपनिर्देशक यु हाईले विश्वका विभिन्न देशबाट अहिले चीनमा उच्च शिक्षा पढ्न आउने विद्यार्थीको संख्या बढ्दै गएको जानकारी दिँदै नेपाली विद्यार्थीलाई उच्च शिक्षाको अवसर उपलब्ध गराउन कार्यक्रम गरिएको बताउनुभयो ।

कलंकीस्थित एलआरआई स्कूलका अध्यक्ष शिवराज पन्तले अबका विद्यार्थीलाई विश्वपरिवेशलाई नजिकबाट बुझ्ने शिक्षाको खाँचो रहेको र उत्पादनसँग जोडर व्यवसायिक शिक्षा उवलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter