चितवन, २३ वैशाख (रासस) ः सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ । पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको...बाँकी अंश →
गुलरिया, बर्दिया, २३ वैशाख (रासस) ः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताउनुभएको छ । बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने...बाँकी अंश →
काठमाडौँ,२३ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । वैशाख २८ गते नेपाल भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले...बाँकी अंश →

शमशाद आदिल मुस्लिम समुदायको एउटा बच्चा पनि शिक्षा को पहुच बाट बाहिर नछुटने गरी ‛बिद्यालय तथा मदरसमा बच्चाको भर्ना हाम्रो समाजिक दायित्व २०७५’ अभियान चलाएको शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए । मदरसा शिक्षा व्यवस्थापन परिषद शिक्षा विभागले बैशाख २२गते इस्लामी संघ नेपालको केन्द्रीय सभाहालमा आयोजना गरेको अन्तरकिर्या...बाँकी अंश →
महेन्द्रनगर, धनुषा, २३ वैशाख (रासस) ः नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको चौहान नेतृत्वको प्यानल शनिबार सम्पन्न भएको प्रदेश निर्वाचनमा विजयी भएको हो । अध्यक्ष पदमा चौहानले...बाँकी अंश →
काठमाडौँ, २२ वैशाख (रासस) ः प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताउनुभएको छ । एमाले स्थायी कमिटीले कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा आज आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले माक्र्सवाद राजनीति, सामाजिक र आर्थिक...बाँकी अंश →
विराटनगर, २२ वैशाख (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतमा उपभोक्ता ठग्ने साना व्यापारीलाई मात्र कारबाही गरिएकोमा अब ठूलो व्यापारीलाई कारबाही गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उपभोक्ताको स्वास्थ्य, कालाबजारी र राजश्व छली गर्ने साना, ठूला नभनी सबैलाई समानरुपमा कानून अनुसार कारबाही गर्ने...बाँकी अंश →
बनेपा, २२ वैशाख (रासस) ः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा नेकपा (एमाले) बनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त्री बाँस्कोटालाई बधाई तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले निर्वाचनबाट वामपन्थी सरकारलाई बहुमतले काम गर्न दिएको कारण...बाँकी अंश →
चितवन, २१ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताउनु भएको छ । नयाँकिरण मावि भरतपुरको स्वर्ण महोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले तानाशाही व्यवस्थामा मात्र शासक शक्तिशाली हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रधानमन्त्री शक्तिशाली भयो भनेर धेरैले हल्ला गरेको तपाईंहरुले सुन्दै...बाँकी अंश →
काठमाडौँ, २१ वैशाख (रासस) ः यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बन्द हडतालको नाममा सवारी नचलाउने यातायात समितिको रुट परमिट निलम्बन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको संयुक्त बैठकबाट आज सवारी नचलाउने सवारी...बाँकी अंश →
चितवन, २१ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो बसाइ नै विकासको बाधक भएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको पहिलो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने बताउँदै भन्नुभयो, “एउटा घरबाट अर्काे घर पुग्न दुई घण्टा समय लाग्छ, एउटा गाउँ...बाँकी अंश →
दमौली, तनहुँ, २१ वैशाख (रासस) ः नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले काँग्रेसले महामानव विपी कोइरालाको आदर्श र सिद्धान्तलाई बिर्संदा चुनावमा नराम्रोसँग पार्टी पराजीत भएको बताउनु भएको छ । विपी विचार समाज तनहुँद्वारा शुक्रबार दमौलीमा आयोजित प्रदेश नं ४ स्तरीय भेलाको उद्घाटन गर्दै नेता गुरुङले सो कुरा बताउनु भएको हो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: