
चीनले तीन सन्तान जन्माउन दम्पतीहरुलाई छुट दिने भएको छ। दम्पतीहरुलाई अधिकतम तीन सन्तानसम्म जन्माउन छुट दिने व्यवस्था लागु गर्ने घोषणा सोमबार चीनले गरेको हो। योसँगै चीनमा बढिमा दुई सन्तान मात्रै जन्माउन पाउने नियम अन्त्य हुने भएको छ। यस सम्बन्धी परिवर्तनलाई राष्ट्रपति सी जिनपिङ्गले पोलिटिकल ब्यूरोको बैठक मार्फत प्रमाणिकरण गरेको चिनियाँ...बाँकी अंश →
दाङ– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डे विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (उपेन्द्र पक्ष)को समर्थनमा उम्मेदवार बनेका पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन्। पाण्डेले ४ हजार १४० मतभार प्राप्त गरे भने खड्काले...बाँकी अंश →

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोटका बाँकी खेल खेल्न नेपाल कुवेततर्फ प्रस्थान गरेको हो । नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायका अनुसार इराकी स्थानीय समय अनुसार नेपाली टोली साँझ ६ बजे कुवेततर्फ प्रस्थान गरेको हो । गएराति भएको इराकसँगको...बाँकी अंश →

काठमाडौँ- संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको पात्रताबारे इजलासमा प्रश्न उठेपछि सबै न्यायाधीशहरु सर्वोच्च अदालतमा छलफलमा बसे पनि यसबारे आइतबार कुनै निर्णय हुन सकेन। संसद् विघटनसम्बन्धी मुद्दाहरुमा बिहीबारदेखि सुरु भएको संवैधानिक इजलासमा तीन दिनसम्म पनि न्यायाधीशद्वय केसी र श्रेष्ठको विवादास्पद उपस्थितिबारे बहसकर्ताहरुले प्रश्न उठाउँदै आइरहेका छन्। यसबारे आइतबारको...बाँकी अंश →

भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् । भियटनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन्...बाँकी अंश →

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापित गर्न असाधारण कदम चाल्ने चेतावनी दिएका छन्। संसद विघटनबारे कानुनविद्सँगको छलफलमा सभामुख सापकोटाले संविधान, लोकतन्त्र र जनताको हितका लागि असाधारण कदम चाल्न पनि आफू तयार रहेको बताएका हुन्। दोस्रोपटक गरिएको संसद विघटनबारे विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्ने क्रममा सभामुख सापकोटाले बिहीबार संविधान र...बाँकी अंश →

काठमाडौँ – बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको र अबको तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइ बाढी–पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबारदेखि शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी...बाँकी अंश →

काठमाडौँ – बंगालको खाडीमा रहेको यास चक्रवातको प्रभावका कारण देशभरको मौसम बदली भइ धेरै स्थानमा पानी परेको छ । यासको नेपालमा आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली...बाँकी अंश →

काठमाडौँ – नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताएको भारतले यो विषय नेपालकै आन्तरिक मामिला रहेको उल्लेख गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा घटनाक्रम नियालिरहे पनि नेपालको राजनीतिक विषय आन्तरिक रुपमै समाधान गरिनु पर्ने धारणा भारतको रहेको बताएका हुन्। उनले भनेका...बाँकी अंश →
काठमाडौं- काठमाडौं उपत्यकामा जेठ १४ गतेदेखि निषेधाज्ञा थप कडाइ गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको मंगलबार बसेको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै त्यस अवधिमा किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न समेत रोक लगाउने भएको छ। तरकारी, मासु, ग्याँसलगायत पसल बिहान ९ बजेसम्म खुल्ने छन्।...बाँकी अंश →

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत चौबीस घण्टामा ६ हजार ४...बाँकी अंश →

काठमाडौँ– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी गरिएको छ । कोरोना भाइरस संक्रमण दर स्थिर रहेकाले पुनः एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो । यसका लागि आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: