बिहिबार, १३ बैशाख २०८१

काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा, थप कडाइ, बिनाकारण हिँडे २ सय रुपैयाँ जरिवाना!

११ जेष्ठ २०७८, मंगलवार २१:२९ मा प्रकाशित

काठमाडौं- काठमाडौं उपत्यकामा जेठ १४ गतेदेखि निषेधाज्ञा थप कडाइ गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको मंगलबार बसेको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै त्यस अवधिमा किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न समेत रोक लगाउने भएको छ। तरकारी, मासु, ग्याँसलगायत पसल बिहान ९ बजेसम्म खुल्ने छन्।

ललितपुर जिल्ला प्रशासनका सहायक प्रमुख ललितकुमार बस्नेतले आम निषेधाज्ञालाई थप कडा बनाइएको बताए।

‘मानिसहरुलाई सजिलो होस् भनेर किराना पसल तथा डिपार्टमेन्ट स्टोरबाट हुने किनमेलका लागि जेठ १३ गतेसम्मको समय दिइएको हो’, उनले भने। अनावश्यक बाहिर हिँडडुल गर्नेलाई ठाउँको ठाउँ २ सय रुपैयाँ जरिवाना, मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना, आफु खुसी सवारी लिएर बाहिर निस्कने मोटरसाइकलको हकमा २ हजार र त्यसभन्दा बाहेकका अन्य सवारी साधनको हकमा ५ हजार रुपैयाँ जरिवाना हुने बस्नेतले बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter