सोमबार, १७ बैशाख २०८१

स्वास्थ्य/जीवनशैली

कर्णालीमा ११४ कुष्ठरोगी

वीरेन्द्रनगर, १८ पुस,,  कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन् । कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको सङ्ख्या सुर्खेतमा देखिएको छ । सुर्खेतमा एक वर्षको अवधिमा थप २६ कुष्ठरोगी फेला परेका छन्...बाँकी अंश →


सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पु¥याउन माग

काठमाडाँै, १६ पुस,, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ÷सङ्गठनले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थवृतसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवं कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका,...बाँकी अंश →


नयाँ स्वास्थ्य नीति ल्याइने–उपप्रम यादव

वीरगञ्ज, १५ पुस,, उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको बताउनुभएको छ । सङ्घीय प्रेस फोरम पर्साद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री यादवले भन्नुभयो, “उतm नीति आएपछि प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध हुनेछन् ।” उहाँले सरकारले...बाँकी अंश →


चिसो बढेसँगै बिरामी बढे

बैतडी, १४ पुस,, केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन् । यस्तै...बाँकी अंश →


रोग लिएर फर्कन्छन् महिला कामदार

काठमाडौँ, १२ पुस,,  विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ फर्कँदा पैसा त कमाउनुभयो तर पैसासँग रोग पनि ल्याउनुभयो । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै खट्नुभयो ।...बाँकी अंश →


सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

दाङ, ११ पुस,,  सवारी दुर्घटना मानवीय कमजोरीले हुने गरेको भन्दै प्रदेश नम्बर ५ को प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकलाई निःशुल्क स्वास्थ्य जाँच शिविर शुरु गरेको छ । लमही राजमार्गमा लामो तथा छोटो दूरीका सवारी चालकलाई बाटोमा नै निःशुल्क स्वास्थ्य परीक्षण गरिएको प्रदेश नम्बर ५ का प्रहरी प्रवक्ता पुष्पराज मल्लले...बाँकी अंश →


प्रयोगशाला सेवा विस्तार

काठमाडौँ, ११,, तारकेश्वर नगरपालिकामा आधारभूत प्रयोगशाला सञ्चानमा आएको छ । नगरपालिकाका सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन आधारभूत प्रयोगशाला प्रयोगमा ल्याइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताउनुभयो । “कार्यक्रम सात वडामा शुरु भइरहेको छ र अब अन्य वडामा पनि सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो । प्रयोगशाला सञ्चालनमा आएसँगै एक लाख...बाँकी अंश →


सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

बाजुरा, ११ पुस,, बुढीगङ्गा नगरपालिका–१० ले सुत्केरी र एचआइभी सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडा भित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था भएमा अन्यन्त्र लैजानका लागि वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने वडाध्यक्ष धर्मराज जोशीले बताउनुभयो । विपन्न परिवारका महिलालाई लक्ष्य गरी वडा कार्यालयले उक्त...बाँकी अंश →


चिदीपानीमा निःशुल्क स्वास्थ्य शिविर

बेझाड, ११ पुस,, माथागढी गाउँपालिका–१ चिदीपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविरमा १४५ महिलाले सेवा लिएका छन् । घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा पाठेघरको परीक्षण, पिष्टुला पहिचान, पाठेघरको मुखको क्यान्सर परीक्षण, परिवार...बाँकी अंश →


स्वास्थ्य चौकी भवन पुनःनिर्माण

काभ्रेपलाञ्चोक, १० पुस,, जिल्लामा कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिएको छ । अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रघुवर चौप्रधानका अनुसार रविओपी, महेन्द्रज्योति, रयाले, खरेलथोक, ज्याम्दी र चण्डेनीमण्डनमा २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकी भवनको पुनःनिर्माण गरिएको हो ।...बाँकी अंश →


आलेख.. ४ प्रतिशत मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था पुग्दैनन्

बेझाड, पाल्पा, ८ पुस,, कुनै बेला अन्धविश्वास र अशिक्षाका कारण जीवन मरणको पर्वाह नगरी घरमै जोखिमपूर्ण सुत्केरी हुने चलन थियो । अशिक्षित, गरीब परिवारमा मात्र नभई शिक्षित र धनीमानी परिवारमा पनि स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनुपर्छ भन्ने सोचाइ कमैमा थियो । यस्तो स्थिति रहेको पाल्पा जिल्लामा अहिले भने स्वास्थ्य संस्थामै...बाँकी अंश →


उपमहानगरद्वारा स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण

तुलसीपुर, ८ पुस,, सङ्घीयता कार्यान्वयन सघैँ यहाँको उपमहानगरपालिकाले पहिलो पटक स्थानीय स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको स्वास्थ्य ऐन तथा नीति नगरसभाबाट समेत पारित गरेको छ । नागरिकको स्वस्थ रहन पाउने अधिकारलाई सुनिश्चित गर्दै उपमहानगरपालिकालाई ‘स्मार्ट हेल्थ सिटी’को रुपमा रुपान्तरण गर्ने लक्ष्यसहित आफ्नै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter