बिहिबार, ०३ जेठ २०८१

स्वास्थ्य/जीवनशैली

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा तीन हजारले सेवा पाए

काठमाडौं, ४ माघ  ,,  स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दशदिने सो शिविरमा नाक, कान, छाला, हाडजोर्नी, परीक्षण, महिला स्तन क्यान्सर स्क्रिनिङ अन्य सामान्य रोगको जाँच गर्नाका साथै प्रयोगशाला, भिडियो एक्सरे पनि गरिएको गरिएको छ । सेवा...बाँकी अंश →


प्राडा केसीलाई काठमाडौँ लगियो, थापालाई लैजाने तयारी

भद्रपुर, ४ माघ  ,,  प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गर्नुभएका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज बिहान काठमाडौँ लगिएको छ । प्राडा केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै...बाँकी अंश →


एकतिहाइ मुद्दा सम्बन्धविच्छेदका

चितवन, ४ माघ  ,,   चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् । चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको सङ्ख्या बढी छ । कार्यालका सूचना अधिकारी केशव पौडेलका अनुसार अदालतमा आउने सम्बन्धबिच्छेदका मुद्दामा...बाँकी अंश →


अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

रत्ननगर, ४ माघ  ,,  नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् । दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी राम...बाँकी अंश →


प्रजातान्त्रिक सेनानी रावलको निधन

काठमाडौँ, ३ माघ  ,,   नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले पर्साका पुराना नेता गणेशशरण रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । प्रजातन्त्र सेनानी एवं नेता रावलको गत पुस ३० गते ललितपुरको धापाखेलस्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय रावलको पत्नी, दुई छोरा...बाँकी अंश →


सहकारीमा महिलाको आकर्षण बढ्दो

बेझाड, ३ माघ  ,,  पाल्पा, रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहार्नुभयो तर, कसैले पत्याएन । उहाँलाई छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन निकै कठिन थियो । कमाउने कोही नहुँदा आफन्त साथीभाई...बाँकी अंश →


स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा ४५२ सुझाव प्राप्त

काठमाडौँ, ३ माघ  ,,  पहिलो पटक शुरु गरिएको ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि अहिलेसम्म ४५२ सुझाव सङ्कलन भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समयावधि निर्धारण गरी गत मङ्सिर २६ गते सुझाव पठाउन आह्वान गरेको थियो । प्रतिस्पर्धाका लागि चार वटा विधा निर्धारण गरिएको र उक्त विषयमा...बाँकी अंश →


अस्पताल पुनः सञ्चालन

सप्तरी, ३ माघ  ,,  उपचारको क्रममा बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको स्वास्थ्य सेवा बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । अस्पताल प्रशासन, प्रदर्शनकारी र मृतकका परिवारबीच त्रिपक्षीय सहमतिपछि अस्पतालको सेवा पुनः सञ्चालनमा आएको अस्पतालका निमित्त प्रमुख डा रञ्जित झाले जानकारी दिनुभयो । उपचारका क्रममा...बाँकी अंश →


बस दुर्घटनामा सातको मृत्यु, चारको सनाखत

पोखरा, ३ माघ  ,,   पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हँुदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार...बाँकी अंश →


खुट्टा पाएपछि फुरुङ्ग

काठमाडौँ, २ माघ  ,,  वीरगञ्ज महानगरपालिका– २१ बेलुवाकी छ वर्षीया रियाकुमारी कुसवाहलाई तीन वर्षको उमेरमा घर नजिकै बसले ठक्कर दियो । स्थानीय अस्पताल, बिएण्डबी हुँदै काठमाडौँको शिक्षण अस्पतालमा उहाँको उपचार गर्दा झण्डै एक लाख खर्च लाग्यो । चिकित्सकको कयौँ प्रयास सफल हुन नसक्दा अन्ततः खुट्टा गुमाएकी रियाकुमारी अहिले पहिले झैँ...बाँकी अंश →


औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने नीति ,, प्रतिवेदन

काठमाडौँ, २ माघ ९  ,,  औषधिको कच्चा पदार्थ मात्र आयात गर्न एक कार्यदलले सुझाव तयार पारेको छ । औषधि परामर्श परिषद्को १५ आँै बैठकले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा गत पुस २२ गते परिषद्को बैठक...बाँकी अंश →


लागुऔषधविरुद्ध ‘स्टेपिङ अपरेशन’

पर्वत, २ माघ ,,  लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढ्दै गएपछि प्रहरीले ‘स्टेपिङ अपरेशन’ शुरु गरेको छ । पर्वतमा लागुऔषधको समस्या भित्रभित्रै फैलिएको भेटिएपछि ‘स्टेपिङ अपरेशन’ शुरु गरेको हो । अपरेशनपछि प्रहरीले ठूलो सफलता प्राप्त गरेको दाबी गरेको छ । पर्वत प्रहरीले गएको साउनयता नौ वटा लागुऔषध मुद्दा दर्ता गरेको हो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter