सोमबार, १७ बैशाख २०८१

स्वास्थ्य/जीवनशैली

अस्पतालको जग्गा खरीद गर्न १० लाख सहयोग

गलकोट, ७ पुस,, बागलुङ जिल्लाको पैयुँपाटा स्वास्थ्य केन्द्रलाईस्तर उन्नति गरी प्राथमिक अस्पताल निर्माण गर्नको लागि आवश्यक जग्गा खरीद गर्न उद्यमी चन्द्र ढकालले रु १० लाख सहयोग गर्नुभएको छ । केन्द्रले अस्पताल निर्माण गर्न थालेको सुविधा सम्पन्न तीन तले भवन निर्माणका लागि आवश्यक पर्ने सात रोपनी जग्गा खरीदका लागि सहयोग प्राप्त...बाँकी अंश →


चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

लहान, ६ पुस,,  चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका...बाँकी अंश →


स्वास्थ्यचौकी नै अस्वस्थ

राँझा, ६ पुस,,  बाँकेको जानकी गाउँपालिका–४ स्थित बेलहरी स्वास्थ्यचौकी आफँै अस्वस्थ देखिएको छ । स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने पानीको व्यवस्था छ नत बिरामी जाँच गर्ने कोठा नै छ । कोठाको अभावमा जाँच गर्न आउने बिरामी भवन बाहिरै पालो...बाँकी अंश →


महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा

काठमाडौँ, ५ पुस,,  तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ । सूचना छिटो छरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडाको एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन दिइने व्यवस्था गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरभरिको १३७ महिला स्वयंसेविकालाई...बाँकी अंश →


छालाका बिरामीमध्ये ६० प्रतिशतमा ‘टिनिया’

बाँके, ५ पुस,, पश्चिम नेपालका अधिकांश जिल्लाबाट उपचारका लागि छालाका बिरामी नेपालगञ्जमा आउने गर्छन् । यसखाले समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दो रूपमा रहेको चिकित्सक बताउँछन् । स्वास्थ्यका बारे जनचेतना नभएकाले, सरसफाइमा ध्यान नदिँदा सङ्क्रमणबाट ढुसी (फंगस) बढी देखा पर्ने गरेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका चिकित्सक डा...बाँकी अंश →


शिशुको उपचारमा सहयोग

म्याग्दी, ५ पुस,,  धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि बेलायतबाट रु एक लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजुका शिशुको उपचारका लागि हिलापोखरी घर भई हाल बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनको पहलमा रु एक लाख...बाँकी अंश →


स्वास्थ्य शिविरमा पाँच सय जनाको उपचार

बेझाड, ४ पुस,, पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ । सोमबार २६० जनाले तथा मङ्गलबार २९६ जनाले सो शिविरमा उपचार पाएका छन् । रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिनका लागि शिविर आयोजना गरिएको हो । “स्वास्थ्य...बाँकी अंश →


अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

दमौली, ३ पुस,,  दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा...बाँकी अंश →


आलेख.. दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्

बेझाड, पाल्पा, २ पुस,,  पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहँुदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई...बाँकी अंश →


सुरक्षित गर्भपतनमा आकर्षण बढ्दै, चुनौती कायमै

काठमाडौँ, २ पुस,, नेपालमा सुरक्षित गर्भपतनका लागि गर्भवती महिलाहरू आकर्षित हुन थालेका छन् । नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि महिलामा यस्तो आकर्षण बढेको हो । स्वास्थ्य संस्थाहरूबाट हालसम्म १० लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतनको सेवा लिइसकेको ग्रामीण महिला सन्जाल नेपालले आज...बाँकी अंश →


खुल्ला चउरमा उपचार सेवा

हुम्ला, २ पुस,,  जिल्ला अस्पताल हुम्लामा उपचार गर्न आउने बिरामीले खुल्ला चउरमा उपचार गर्दै आएका छन् । गाउँघरमा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसेकपछि जिल्ला अस्पताल आउने बिरामीले दुई दिनदेखि जिल्ला अस्पतालको खुल्ला चउरमा उपचार गर्दै आएका छन् जिल्ला अस्पतालले बिरामीलाई चाँज गर्दै आएको एक कोठामा रङ्ग लगाउने कार्य भइरहेकाले...बाँकी अंश →


स्वास्थ्यचौकी भवन निर्माण

गलकोट, २ पुस ९,, बागलुङ जिल्लाको तिमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा स्वास्थ्चौकीको नयाँ भवन निर्माण गरिएको छ । विकटका जनतालाई सर्वसुलभ तरिकाले स्वस्थ्यसेवा पु¥याउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । शहरी विकास तथा भवन कार्यालय बागलुङको रु दुई करोड १३ लाख २६ हजारकोे लागतमा सो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter