बिहिबार, ०३ जेठ २०८१

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

११ पुष २०७५, बुधबार १०:२८ मा प्रकाशित

बाजुरा, ११ पुस,, बुढीगङ्गा नगरपालिका–१० ले सुत्केरी र एचआइभी सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

वडा भित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था भएमा अन्यन्त्र लैजानका लागि वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने वडाध्यक्ष धर्मराज जोशीले बताउनुभयो । विपन्न परिवारका महिलालाई लक्ष्य गरी वडा कार्यालयले उक्त सेवा दिने निर्णय गरेको उहाँको भनाइ छ ।

यस्तै वडामा रहेका एचआइभी सङ्क्रमितलाई औषधि सेवनका लागि जाँदा आउँदा लाग्ने खर्च पनि वडाले नै व्यहोेर्ने निर्णय गरेको छ । जिल्ला अस्पताल मार्तडी र अछामको बयलपाटासम्म उनीहरुलाई लैजाने व्यवस्थासहितको सेवा सञ्चालनका लागि निर्णय गरिएको वडाध्यक्ष जोशीले बताउनुभयो । वडामा हाल सात एचआइभी सङ्क्रमित छन् । उनीहरु महीनामा एक पटक औषधी सेवनका लागि अनिवार्य बयलपाटा वा जिल्ला अस्पताल मार्तडी जानुपर्ने हुन्छ । अछामको बयलपाटा अस्पतालसम्म जाँदा प्रतिव्यक्ति रु चार हजारसम्म खर्च हुन्छ । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter