बुधबार, ०२ असार २०७८

स्वास्थ्य/जीवनशैली

पिसिआर परीक्षणको बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले जथाभावी पिसिआर शुल्क लिने निजी अस्पताललाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार बसेको समितिको भर्चुअल बैठकले निजी अस्पतालले जथाभाबी शुल्क लिइएको पाइएको उल्लेख गर्दै अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको हो। समितिले गृह र स्वास्थ्य मन्त्रालयबीच समन्वय अभाव रहेको उल्लेख गर्दै समन्वय...बाँकी अंश →


आन्तरिक उडान र लामो दूरीका सवारीसाधन भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषद निर्णय

मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान सारेको हो। स्रोतका अनुसार कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गरी यो निर्णय भएको हो। ‘विद्यमान कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर लामो दूरीका...बाँकी अंश →


के मास्क धोएर लाउन मिल्छ? दिनदिनै फेर्नुपर्छ कि एउटै लगाइरहे हुन्छ?

कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने सायद अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ। सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो। सुरूका दिनमा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछिल्लो समय भने त्यो मास्क कोरोना संक्रमण रोक्न...बाँकी अंश →


नेपालमा एकै दिन १,०१६ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुग्यो

काठमाडौं- नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १० हजार ५६३...बाँकी अंश →


नेपाल कोरोना अपडेट: संक्रमण २३ हजार ९४८, निधन ८३, संक्रमणमुक्त १६ हजार ६६४

काठमाडौं-नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेकाे छ। यस्तै मृत्यु हुनेको संख्‍या  ८३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौँका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटाङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका...बाँकी अंश →


गृहले भन्यो- १४ जिल्लामा निषेधाज्ञा

कोभिड १९ को संक्रमण रोक्न देशका १४ जिल्लामा यतिबेला आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ। गृहमन्त्रालयका अनुसार १४ मध्य केहीमा जिल्लाभर र केहीमा आंशिक निषेधाज्ञा गरिएकाे छ। सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा...बाँकी अंश →


सफल भएन स्वास्थ्य मन्त्री ढकालको दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने योजना

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्ने प्रतिवद्दता जनाएपनि त्यो पूरा नहुने भएको छ। संक्रमित संख्या बढ्दै गएको भन्दै मन्त्री ढकालले असार १५ देखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण गर्ने प्रतिवद्दता जाहेर गरेका थिए। गत दुई दिनको परीक्षण संख्या...बाँकी अंश →


विदेश जाने व्यक्तिको कोरोना परीक्षण यी तीन अस्पतालबाट हुने

सरकारले विदेश जाने व्यक्तिहरूको कोरोनाभाइरस परीक्षण गर्न राजधानीका तीन वटा अस्पताललाई तोकेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विदेश जानुपर्ने वा निरोगिताको प्रमाणपत्र चाहिए वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा नमूना संकलन गर्न सुझाएका छन्। यी तीन वटै अस्पतालमा पिसिआर विधिबाट कोरोनाभाइरसको परीक्षण हुँदै आएको छ। यसअघि जुनसुकै...बाँकी अंश →


बालुवाटारसँगै देशभरि ठाउँ-ठाउँमा प्रदर्शन, को हुन् प्रदर्शनकारी?

पोखराकी युवा अभियन्ता मोनिका रानाभाटले बुधबार फेसबुकमा भिडिओ राखेर एउटा अपिल गरिन्। अपिलमा बिहीबार पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयका अगाडि बिहान ११ बजेदेखि हुन गैरहेको शान्तिपूर्ण प्रदर्शनबारे जानकारी र सहभागिताको अनुरोध थियो। मोनिकाको अपिलजस्तै फेसबुकमा सल्लाह गरेर युवाहरू बिहीबार देशका विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिए। कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१...बाँकी अंश →


नेपालका लागि कोरोनाको स्रोत छिमेकी देश भारत नै बन्यो

बिश्व स्वास्थ्य संगठनले यही जेठ महिनादेखि असार महिनासम्म नेपालमा कोरोनाको संक्रमण ब्यापक हुने चेतावनी दिएको छ । कोरोना भाईरसको संक्रमण संसारभर ब्यापक रुपमा फैलिईरहेका बेला  नेपालमा त्यसको प्रभाव देखिएको थिएन । तर यताका दिनहरुमा संक्रमणको बिस्तार जुन ढंगले भैरहेको छ यो अवस्थाले नेपाली जनमानसमा साच्चिकै त्रास उत्पन्न गरिदिएको पनि यथार्थ...बाँकी अंश →


निजी प्रयोगशाला लाई किन अनुमति दिँदैन सरकार?

देशभरी कोरोना संक्रमण संख्या बढ्दै गएपछि प्रयोगशालाहरूमा परीक्षण गर्न बाँकी स्वाबको चाङ लाग्न थालेको छ। यो समस्या समाधान कसरी गर्ने भनेर सरकारले निर्णय गर्न सकेको छैन। एकातिर सरकारी प्रयोगशालाहरूको क्षमताले भ्याउन छाडेको छ। अर्कातिर देशभर पिसिआर मेसिन भएका निजी प्रयोगशाला पनि छन् जसले कोरोना भाइरस परीक्षण गर्न सक्छन्। तर सरकारले...बाँकी अंश →


लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए । साथै हवाई उडान र अन्तराष्ट्रिय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter