शुक्रबार, १६ चैत २०८०

कोरोना अपडेटः संक्रमित १ लाख ५८ हजार ८९, निधन ८४७, डिस्चार्ज १ लाख ११ हजार ६७०

१० कार्तिक २०७७, सोमबार १७:४० मा प्रकाशित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २७७ जना कोरोना संक्रमितको आईसीयुमा र ६६ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश एकमा ३६, प्रदेश २ मा १०, बागमती प्रदेशमा १७६, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ४२, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित आईसीयुमा रहेका छन्।

यस्तै प्रदेश १ मा १०, प्रदेश २ मा २, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा १ र लुम्बिनी प्रदेशमा ८ जना गरी ६६ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ३ हजार ३ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ रहेको छ भने ३ हजार ६४ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४७ पुगेको छ।

मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। मुस्ताङमा सक्रिय संक्रमितको संख्या शून्य छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter