बिहिबार, १५ चैत २०८०

कोरोना अपडेटः संक्रमित ४६ हजार २५७, निधन २८९, डिस्चार्ज २८ हजार ९४१

२१ भाद्र २०७७, आईतवार २१:२४ मा प्रकाशित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९०, ललितपुरका ३२, भक्तपुरका ३२, उदयपुरका १, ओखलढुङगाका १, झापाका २८, ताप्लेजुङका १, भोजपुरका १, मोरङका २९, संखुवासभाका ६, सुनसरीका ८६, धनुषाका १०, पर्साका २५, बाराका ८३, महोत्तरीका ३, रौतहटका ८, सप्तरीका ११, सर्लाहीका ५, सिराहाका ६, काभ्रेका १, चितवनका ३०, दोलखाका ७, धादिङका १०, सिन्धुपाल्चोकका १, सिन्धुलीका २, बागलुङका ३ र कास्कीका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै गोरखाका ५, तनहुँका ७, नवलपरासीपूर्वका १२, लमजुङका २, स्याङजाका २२, अर्घाखाँचीका ११, कपिलवस्तुका ४, दाङका ३, नवलपरासीका २, पाल्पाका १९, प्यूठानका ४, बर्दियाका ६, बाँकेका ६, रुपन्देहीका ३५, कालिकोटका १, जाजरकोटका २, जुम्लाका ५, दैलेखका २, सुर्खेतका ४४, अछामका ११, कञ्चनपुरका ३, कैलालीका २१, डढेलधुराका २ तथा बझाङका १० जना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेमा दुई महिला र सात पुरुष रहेका छन्।

मोरङका ४५ वर्षीय पुरुष र ६४ वर्षीया महिला, झापाका ४५ वर्षीया महिला, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८९ पुगेको छ।

मन्त्रालयका अनुसार आइतबार १ हजार ८ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१  पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ पीसीआर परीक्षण गरिएको छ। हालसम्म ७ लाख ६८ हजार ३४५ पीसीआर परीक्षण भएको छ।  देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ। हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन्।

यस्तै काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter