शनिबार, १३ असोज २०८०

ब्यापार

फूलको व्यापार बढ्यो

वीरगञ्ज, कात्तिक ७    भारतको कोलकाता घर भई विगत ३१ वर्षदेखि वीरगञ्जको माईस्थानमा फुलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्षित गरी २० हजार सयपत्री फूलको माला भारतबाट ल्याउनुभएको छ । कोलकाताबाट रु ५० मा पाइने सयपत्री फूलको स्थानीय बजारमा प्रति माला रु ७५ देखि १०० सम्म बिक्री हुँदै आएको...बाँकी अंश →


मौरी चराउन नदिएको भन्दै विरोध

भरतपुर, ७ कात्तिक  चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले दाङ लागेको मौरी फिर्ता पठाइदिएको भन्दै विरोध जनाएको हो । भरतपुर महानगरपालिकाका सुभाष घिमिरेसहित तीन किसानले चरनका लागि मौरीलाई तुलसीपुर उपमहानगरपालिका–१९ कुटिचौर लगेका थिए...बाँकी अंश →


सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

बाजुरा, ७ कात्तिक  कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताउनुभयो । मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी...बाँकी अंश →


गाँजाखेती नष्ट

काठमाडौँ, ६ कात्तिक  स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा पर्ने लाकुरीभञ्याङ र चापाखर्कको झण्डै ५०० रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । उहाँका अनुसार...बाँकी अंश →


सुनसरीका कृषक तरकारी खेतीतर्फ आकर्षित

इनरुवा, ६ कात्तिक  सुनसरी देवानगञ्ज गाउँपालिका–४ का रुपेश मेहताले एक बिघा पाँच कट्ठा जग्गामा अहिले तरकारी खेती गर्नुभएको छ । मेहताले एक बिघा जग्गामा काउली, दुई कट्ठा जग्गामा बन्दाकोबी र तीन कट्ठा जग्गामा मुला लगाउनुभएकोे छ । मेहताले करीब रु एक लाख ५० हजारको लागतमा तरकारी खेती गर्नुभयो । उहाँ...बाँकी अंश →


कुखुरापालक किसानले मूल्य नपाउँदा चल्ला नकिन्ने घोषणा

घोराही, ६ कात्तिक    दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको...बाँकी अंश →


बाँकेमा बङ्गुरपालन व्यवसाय असफल

बाँके, ६ कात्तिक    जिल्लामा व्यावसायिकरूपमा बङ्गुरपालन विसं २०६० देखि शुरु भयो । व्यावसायिक फार्म शुरु भएको एक दशक अर्थात् विसं २०७० सम्म जिल्लामा एक दर्जन मात्र बङ्गुर फार्म थिए । पशु सेवा विभागअन्तर्गतको पशु उत्पादन निर्देशनालय केन्द्रीय बङ्गुर कुखुरा प्रवद्र्धन कार्यालयले ‘बङ्गुर सुधार कार्यक्रम’ (राष्ट्रिय अभियान) सञ्चालन गरेको थियो...बाँकी अंश →


जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

खलङ्गा, ५ कात्तिक    जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा...बाँकी अंश →


बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बेझाड, पाल्पा, २९ असोज    ‘साथमा पैसा भयो भने सबैको हाई हाई, नभए कोही न कोही’ भनेझै थियो, रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटकी हुमीकुमारी पाँडेलाई । आठ वर्ष अघिसम्म गर्जो टार्नै हम्मे हम्मे थियो, कष्टकर जीवन थियो तर, अहिले उहाँको दैनिकी बदलिएको छ । विगतमा दुई छोराछोरीको पठनपाठन, घरायसी खर्च धान्न धौ...बाँकी अंश →


सुनको मूल्य घट्यो

काठमाडौँ, २९ असोज  निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजरामा आज प्रतितोलामा रु १०० कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६०० कायम भएको छ । मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार...बाँकी अंश →


चीनसँग व्यापारः बङ्गुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक

बङ्गुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ । यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ । विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फउन्मुख छ । नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन् । तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने...बाँकी अंश →


दशैँको मुखमा ठगिँदै यात्रु ः टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम

काठमाडौँ, १५ असोज    दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्काे भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ । काठमाडौँबाट हेटौँडा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter