शुक्रबार, १६ चैत २०८०

ब्यापार

चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो

टोकियो  चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो टोकियो, १ असोज (रासस-एपी) – जापानको निर्यात अघिल्लो वर्षको तुलनामा गत अगष्ट महिनामा १२ प्रतिशतले घटेको छ । संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापार तनाब र करवृद्धिका कारण जापानको निर्यात प्रभावित भएको विश्लेषकहरुले बताएका छन् । जापानी सामानको प्रमुख बजार...बाँकी अंश →


अनुदानमा व्यावसायिक उखु खेती

कञ्चनपुर, १ असोज  सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उखु खेती विस्तारका लागि कञ्चनपुर–कैलालीका ४५० किसानलाई अनुदान उपलब्ध गराएको छ । आव ०७५÷७६ मा उक्त मन्त्रालयले उखु खेतीका लागि रु एक करोड २५ लाख उपलब्ध गराएकाले किसानले उक्त रकमबाट ६०० बिघा जग्गामा उखु खेती गरेका छन् । कैलालीको...बाँकी अंश →


बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

बाजुरा, १ असोज    गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका...बाँकी अंश →


अदुवाको मूल्य अहिलेसम्मकै उच्च

खोटाङ, १ असोज    कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा...बाँकी अंश →


मूल्य घटाउँदा पनि बिक्री भएन संस्थानको चामल

मार्तडी, ३१ भदौ  जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् । बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो । दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख...बाँकी अंश →


गलकोटमा व्यावसायिक कागतीखेती

गलकोट, ३१ भदौ  बाग्लुङ गलकोट नगरपालिका–९ छिसमा स्थानीय मित्रलाल खरेलले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका लागि तीन वर्ष पहिला लगाइएका एक सय कागतीका बिरुवाले राम्रो फल दिन थालेपछि अहिले व्यावसायिक रुपमै कागतीखेती थालिएको ४९ वर्षीय किसान खरेलले बताउनुभयो । गत वर्ष ४०० कागतीका बिरुवा रोपेर व्यावसायिक रुपमै कागती...बाँकी अंश →


बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

दार्चुला, ३१ भदौ    अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ । मूल्य नै नतोकिएपछि सङ्कलकहरुले व्यापारीलाई यार्सागुम्बा बिक्री गर्न नपाएपछि घरमै थन्किएको छ । सङ्कलन...बाँकी अंश →


कृषिको बजारीकणका लागि किसान बजार

पोखरा, ३१ भदौ  कृषि उत्पादन वृद्धि गर्ने र बजारको उचित व्यवस्थापन गर्ने लक्षयका साथ पोखरा महानगरपालिका–१७ विरौटाचोकमा आजदेखि किसान बजार सञ्चालनमा ल्याइएको छ । कृषि विकास कार्यालयको स्वामित्वमा रहेको र कृषि सामग्री संस्थान तथा खाद्य संस्थानले भोगचलन गर्दै आएका जग्गामा २४ वटा व्यापारिक कक्षसहित बजार सञ्चालनमा ल्याइएको हो । महानगरमा...बाँकी अंश →


ओखरखेती विस्तार गरिने

दार्चुला, ३१ भदौ  जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकामा ओखरखेती विस्तार गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, स्याउ जोनमार्फत स्याउ उत्पादन नहुने क्षेत्रमा ओखरखेती विस्तार गरिने भएको हो । स्याउ जोन कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद ओझाका अनुसार चालू आर्थिक वर्षदेखि महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र...बाँकी अंश →


फलाम खानी उत्खननमा अग्रसरता

कावासोती, ३१ भदौ    नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ । सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको छ । खानी तथा भू–गर्भ विभागले समेत थप अध्ययनको कामलाई निरन्तरता दिँदै आएको छ । फलाम खानी...बाँकी अंश →


पिठ्यूँमै सामग्री बोकेर गुजारा

जाजरकोट, ३१ भदौ  बारेकोट गाउँपालिका–४ का जिरीका सर्वराज रावत सिँचाइ योजना निर्माण गर्न प्लाष्टिक पाइप पिठ्यूँमा बोकेर लग्न थालेको तीन दिन भयो । योजनाको निर्माणस्थलसम्म यातायातका साधन नपुग्दा सामग्री ढुवानीको समस्याले गर्दा पाइप पिठ्यूँमा बोकेर लगेको उहाँको भनाइ छ । नलगाड नगरपालिकाको कालीमटीदेखि बारेकोटसम्म सामग्री बोकेर लग्न मात्र दुई दिन...बाँकी अंश →


अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

चितवन, ३० भदौ    विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter