शुक्रबार, ०७ बैशाख २०८१

चितवनको जगतपुरमा सामूहिक तरकारी खेती

९ मंसिर २०७६, सोमबार १५:१५ मा प्रकाशित

९ मंसिर, चितवन

पश्चिम चितवनको जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती थालिएको छ । भरतपुर महानगरपालिका- २४ का किसानहरुले केरुङ्गा सामूहिक तरकारी कृषि फार्म खोलेर सामूहिक खेती थालेका हुन् ।

वडाध्यक्ष समेत रहेका अगुवा किसान कान्छा मल्लका अनुसार, सामूहिक खेती गर्न प्रतिबिघा वार्षिक ४० हजार रुपैयाँका दरले पाँच वर्षका लागि जग्गा भाडामा लिइएको हो । १२ बिघामा सामूहिक तरकारी खेती गर्दा सफल भएपछि उत्साही भएर ५० बिघा थपेको मल्लले बताए । ठूलो परिमाणको तरकारी खेतीका लागि पानी अपुग भएपछि पाँच ठाउँमा बोरिङ्ग गाडिएको छ | केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामा आबद्ध २५ जना किसान सामूहिक उत्पादनमा जुटेका हुन् । सहकारीका अध्यक्ष जनकराज ओलीले तरकारी उत्पादनमा ७० जनाले प्रत्यक्ष रोजगारी पाउने बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter