शुक्रबार, १४ बैशाख २०८१

प्रदेश

सेनापीडित महिलाले अझै न्याय पाउन सकेनन्

चितवन, २६ वैशाख (रासस) ः चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन् । निकुञ्ज आसपासमा बसोबास गर्ने न्यून वर्गका समुदायका महिला यसबाट पीडित बनेका हुन् । उनीहरुको न्यायका लागि लड्दै आएको मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नेपालका केन्द्रीय...बाँकी अंश →


काँग्रेस पराजय वाम गठबन्धनका कारण ः कार्की

इटहरी, २६ वैशाख (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँंग्रेसले पराजय भोग्नुको मुख्य कारण वाम गठबन्धन भएको बताउनुभएको छ । उहाँले मंगलबार सुनसरीको धरानमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले धरानमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदा उक्त कुरा बताउनुभएको हो...बाँकी अंश →


सप्तरी कारागारमा दोब्बर कैदीबन्दी

राजविराज, २६ वैशाख (रासस) ः सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेको पाइएको छ । करीब १३५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २९४ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ । पुरुषतर्फको ‘ए ब्लक’ मा १८१ जना र ‘बि ब्लक’ मा ९६ जना पुरुष...बाँकी अंश →


बुद्ध मूर्ति बिक्री गर्न हिँडेका तीनजनालाई चोरी मुद्दा

नुवाकोट, २६ वैशाख (रासस) ः बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई यहाँको प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ । काठमाडाँैको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा बरामद गरेको चार किलोग्राम तौलको बुद्धको मूर्तिसहित पक्राउ परेकालाई मंगलबार अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान...बाँकी अंश →


बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन ः वरिष्ठ नेता पौडेल

पोखरा, २५ वैशाख (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताउनुभएको छ । बिपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा बिपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले बिपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय...बाँकी अंश →


बीउ अनुदानको सात लाखमात्र खर्च

दाङ, २५ वैशाख (रासस) ः जिल्लाका किसानलाई सहुलियत अनुदान तथा व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारले उपलब्ध गराएको रु ३९ लाखमध्ये रु सात लाखमात्र अनुदानको बीउ उपलब्ध गराउन खर्च भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माका अनुसार सो शीर्षकमा रु ३२ लाख मौज्दात छ...बाँकी अंश →


छुरा प्रहारबाट युवकको हत्या

राजविराज, २५ वैशाख (रासस) ः सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ । मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ । शिक्षक...बाँकी अंश →


उपहारका वस्तु बनाउने तालीममा युवाको आकर्षण

नगरकोट, २५ वैशाख (रासस) ः रबरको साँचोमार्फत रेजिनका सजावट एवं उपहारका वस्तु बनाउने तालीमतर्फ युवा आकर्षित भएका छन् । रबरको साँचो बनाउने र त्यसैको माध्यमबाट रेजिन प्रयोग गरी क्युरियोका वस्तुसमेत बनाउन सकिने भएपछि युवा सो तालीमप्रति आकर्षित भएका हुन् । घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र त्रिपुरेश्वरद्वारा सञ्चालित १५ दिने...बाँकी अंश →


धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

चितवन, २५ वैशाख (रासस) ः भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ...बाँकी अंश →


कृषि महोत्सव सम्पन्न

सुर्खेत, २५ वैशाख (रासस) ः जुम्लामा वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता...बाँकी अंश →


कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी

सुर्खेत, २५ वैशाख (रासस) ः कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ । प्रदेशको भौगालिक विकटता, प्रतिकूल वातावरण, सामाजिक अन्धविश्वास, कुरीति र अशिक्षाले अझै पनि अधिकांश स्वास्थ्य संस्थामा नपुगेरै सुत्केरी भइरहेको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको नेपाल पारिवारिक स्वास्थ्य सर्वेक्षणमा उल्लेख छ...बाँकी अंश →


मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

गौशाला, २५ वैशाख (रासस) ः जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उहाँको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिनुभएको छ । मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter