सोमबार, २४ बैशाख २०८१

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

२५ बैशाख २०७५, मंगलवार १०:२९ मा प्रकाशित

गौशाला, २५ वैशाख (रासस) ः जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उहाँको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिनुभएको छ ।

मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन निर्देशन दिनुभएको हो ।

सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्री यादवले यहाँका प्रत्येक पालिकाबाट प्रमुखको नेतृत्वमा ठूलो संख्यामा जनता लिएर जनकपुर आउन निर्देशन दिनुभएको हो ।

मन्त्री यादवले यहाँका सरकारी, गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारी र आम जिल्लावासीलाई समेत मोदीको स्वागतमा आउन हार्दिक निमन्त्रणा गर्नुभयो ।

उहाँले मोदीको स्वागतका बेला जनकपुर आउने सवारीसाधन र व्यक्ति जनकपुरको कार्यक्रमस्थल बाह्रबिघा (रंगभूमि) मा आउने रुटको बारेमा समेत प्रस्ट पार्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter