०५ असार २०८३

प्रदेश

वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन जोड

काठमाडौँ, २८ वैशाख (रासस) ः वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐनमा समयानुकूल परिवर्तन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । एमनेष्टी इन्टरनेशनल नेपालले आज यहाँ आयोजना गरेको ‘नीति, संवादमा राज्य र व्यापारिक उत्तरदायित्वमा दुव्र्यवहार न्यूनीकरण’ विषयक कार्यक्रममा उनीहरुले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि यस सम्बन्धी ऐन...बाँकी अंश →


गाईपालनबाट एक लाख आम्दानी

बाजुरा, २८ वैशाख (रासस) ः बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न थाल्नुभएको छ । “आर्थिक समृद्धिका लागि कुनै न कुनै व्यवसाय आवश्यक छ,” उहाँले भन्नुभयो ।...बाँकी अंश →


भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

जनकपुरधाम, २८ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ । उहाँलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं. २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन...बाँकी अंश →


भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल

दाङ, २८ वैशाख (रासस) ः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई द्विपक्षीय हित, सहयोग र सद्भावका...बाँकी अंश →


स्मरण शक्तिको अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम

सुर्खेत, २८ वैशाख (रासस) ः विद्यार्थीमा स्मरण शक्तिको विकास गराउने उद्देश्यले जुम्ला तिला गाउँपालिका–३ स्थित सरस्वती मावि कुडारीमा “स्मरण शक्तिको अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम”को आयोजना गरिएको छ । तिला गाउँपालिका जुम्लाद्वारा आयोजित उक्त दुईदिने प्रशिक्षण कार्यक्रममा ‘तीक्ष्ण स्मरण शक्तिका राजा’ भनेर चिनिने ‘गिनिज बुक अफ वल्र्ड रेकर्डर्स’का युवा अर्पण शर्माले...बाँकी अंश →


आर्थिक गणना तीव्र

भक्तपुर, २८ वैशाख (रासस) ः वैशाख २ गतेदेखि शुरु भएको आर्थिक गणना २०७५ अन्तर्गत भक्तपुरमा हालसम्म सात हजार ४०२ को आर्थिक गणना गरिएको छ । सरकारले शुरु गरेको प्रथम राष्ट्रिय आर्थिक गणना अन्तर्गत यहाँका चारवटा नगरपालिकामा आर्थिक गणना गरिएको छ । भक्तपुर नगरपालिकामा दुई हजार ६३० व्यवसायको गणना गरिएको जिल्ला...बाँकी अंश →


नेपाल–भारतबीचका सीमास्तम्भको निर्माण

धनगढी,२८ वैशाख (रासस)ः नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको मर्मत गरेको छ । संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका नापी विभागका प्रमुख नापी अधिकृत सुर्दशनसिंह धामीले यो क्षेत्रका थप ३१ वटा सीमास्तम्भ निर्माण गरिएको जानकारी दिनुभयो । यो सीमा...बाँकी अंश →


रिहा भएका कम्युनिष्ट पार्टीका नेताहरु पुनः पक्राउ

गाईघाट, उदयपुर, २८ वैशाख (रासस) जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा...बाँकी अंश →


इसाई धर्मको प्रचार गर्ने पक्राउ

आठराई, तेह्रथुम, २८ वैशाख (रासस) क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर्षीय दीपक सुब्बा, दमक नगरपालिका–२ बस्ने...बाँकी अंश →


२सय पचास अनाथ बिद्यार्थीलाई शैक्षिक सहयोग

बैशाख २८//काठमांडौ भूकम्पपीडित अनाथ विद्यार्थि हरुलाई शिक्षा हासिल गर्न निरन्तरता दिने उद्देश्यले आज हेल्थ सर्विस रिलीफ असोसियेशन(हेसरा)ले शैक्षणिक समानहरू वितरण गरेको छ । शांतिकुंज हालमा आयोजित ‛ओरपेन्ज सपोर्ट प्रोग्राम’ कार्यक्रममा २सय पचास अनाथ तथा भूकम्पपीडित विद्यार्थि हरुलाई हेल्पिंग हैण्डस यू एस ए को आर्थिक सहयोगमा स्टडी किट्स वितरण गरी बिद्यार्थीहरुलाई...बाँकी अंश →


चार महिनापछि पार्टी कार्यालयको ताला खुला

धनकुटा, २७ वैशाख (रासस) प्रदेशको राजधानीलगायत विभिन्न माग गर्दै नेपाली काँग्रेस धनकुटाको पार्टी कार्यालयमा चार महिनाअघि लगाएइको ताला आज खोलिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस पार्टी कार्यालयमा चार महिनाअघि लगाइएको ताला खोलेर नेता तथा कार्यकर्ताले दिएको राजीनामा फिर्ता गर्न आग्रह गर्नुभएको थियो । पार्टी सरकारमा हुँदा प्रदेश नं...बाँकी अंश →


अख्तियार हेटौँडा कार्यालयमा एक हजार ५७ उजुरी

चितवन, २७ वैशाख (रासस): अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक हजार ५७ उजुरी परेका छन् । कार्यालयले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यालयमा परेका उजुरीमध्ये ३९८ वटा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter