सोमबार, २४ बैशाख २०८१

प्रदेश

अन्नपूर्ण एग्रोमाथि मुद्दा दायर

भैरहवा, २६ वैशाख (रासस) ः अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो ।...बाँकी अंश →


तिंकर नाका खोल्न पहल गर्छु ः मुख्यमन्त्री भट्ट

दार्चुला, २६ वैशाख (रासस) ः प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समृद्धिको ठू्लो आधार तिंकर...बाँकी अंश →


विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगर, २६ वैशाख (रासस) ः विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो माग गरिएको हो । अस्थायी मुकाम तोकिएदेखि नै प्रदेश सभा सञ्चालनका लागि अहिले...बाँकी अंश →


नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ

काठमाडौँ, २६ वैशाख (रासस) ः महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुशी वसुन्धरा लगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्दै हिँडेका तारकेश्वर नगरपालिका–१३ का सुदीप गुरुङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी वृत्त...बाँकी अंश →


प्रहरी वृत्त थिमि घेराउ

भक्तपुर, २६ वैशाख (रासस) ः मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत थिमि घेराउ गरिएको छ । ज्यान लिने नियतले प्रमुख श्रेष्ठमाथि गत बैशाख ८ गते शनिबार सांघातिक आक्रमण भएका थिए । स्थानीय बासिन्दाको आह्वानमा भएको...बाँकी अंश →


सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारी

रुपन्देही २६ वैशाख (रासस) ः बुटवल उपमहानगरपालिकाले सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत संकलन शुरु गरेको छ । खासगरी सडकमा बेवारिसे अवस्थामा रहेका, बिरामी परेर बिचल्लीमा परेका, घरबारविहीन भएका तथा रोगी व्यक्ति सडकमा सुत्ने अवस्थाको अन्त्य गर्न उनीहरुको लगत संकलन शुरु भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी...बाँकी अंश →


करोडौँको जडीबुटी चोरी निकासी हँुदै

बझाङ, २६ वैशाख (रासस) ः जिल्लाको उत्तरतर्फ रहेको साइपाल गाउँपालिका तिब्बत्सँग जोडिएको छ । ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा वर्सेनि करोडौँ राजश्व चुहावट भइरहेको छ । व्यापारीले बहुमूल्य जडीबुटी र वन्यजन्तुको चोरी निकासी गर्दैआएका छन् । जिल्लाको कूल भू–भागको झण्डै आधा क्षेत्रफल ओगटेको साइपाल गाउँपालिकासँग जोडिएको यस नाकाबाट वर्सेनि...बाँकी अंश →


नुनिया पक्राउ

गौशाला, २६ वैशाख (रासस) ः बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी सम्सी गाउँपालिका–४ बाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–४ का लक्ष्मेश्वर महतो नुनिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । स्थानीय १५ वर्षीया बालिकालाई बलात्कार गरेको सम्बन्धमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा...बाँकी अंश →


कार्यसमिति बैठक बहिष्कार गर्दै केन्द्रीय कार्यालयमा उजुरी 2018-05-09 13:11

त्रिपुराकोट, डोल्पा, २६ वैशाख (रासस) ः जिल्लामा नेपाली काँग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी भित्रै गुट–उपगुट सिर्जना हुन थालेपछि डोल्पा काँग्रेस आन्तरिक किचलोमा फसेको हो । गत पुस ३ गते सभापति पक्षले अवैधानिक रुपमा जिल्ला कार्यसमिति विस्तार गरेको आरोपमा सचिव पक्षका समूहले त्यसको विरोध गर्दै आएको छ ।...बाँकी अंश →


जलेश्वर–जनकपुर बाटो अवरुद्ध

गौशाला, २६ वैशाख (रासस) ः भीषण वर्षाका कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । जिल्लाकै प्रमुख सडकखण्डका रुपमा रहेको जलेश्वर–जनकपुर सडकको फोर लेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेका बेला गए राति २ देखि आज बिहान साढे ६ बजेसम्म भीषण पानी परेका कारण सो बाटो...बाँकी अंश →


स्वागतद्वार र अभिननन्दन स्थल हावाहुरी र वर्षाले प्रभावित

जनकपुरधाम, २६ वैशाख ९रासस० ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ । हावाहुरीले विभिन्न स्थानमा बनाइएको स्वागतद्वारमा पनि क्षति पु¥याएको छ भने अभिनन्दन स्थल बाह्र बिघा मैदान जलमग्न भएको छ । जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म...बाँकी अंश →


गुण्डागर्दी र लागुऔषध नियन्त्रणका लागि समिति गठन

काठमाडौँ, २६ वैशाख (रासस) ः गोँगबु, नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सात वटा समिति गठन गरिएको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आज नयाँ बसपार्क र त्यस क्षेत्र वरपर हुने अपराध नियन्त्रण गर्न समिति गठन गरिएको हो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter