सोमबार, १७ बैशाख २०८१

खेलकुद

भीमदत्तनगरमा प्रधानमन्त्री कप क्रिकेट शुरु

कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । भीमदत्तनगरस्थित क्रिकेट मैदानमा आयोजित उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले खेलकूदको विकासका लागि प्रदेश सरकारले खेलकूद प्रशिक्षण केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । “प्रदेश सरकारले खेलाडी कल्याण कोषको स्थापना गर्नाका साथै प्रदेश सरकारले रु ३०...बाँकी अंश →


एशिया फाइनलका लागि खेलाडी छनोट

काठमाडौँ, ३ असार   ,,  सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि आज प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले २५ सदस्यीय...बाँकी अंश →


कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी

ब्राजिल, २ असार  ,,  ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा उरुग्वे विजयी भएको छ । उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको हो । समूह ग को यस प्रतिस्पर्धामा उरुग्वेका तर्फबाट लुइस सुवारेज, एडिन्सन काभानी र निकोलास लोडेरोले एकएक...बाँकी अंश →


कोपा अमेरिका फुटबल, अर्जेन्टिना स्तब्ध

ब्राजिल, १ असार   ,,  लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ । विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो । यस खेलमा कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापाटाले खेलको उत्तरार्धमा गोल गर्नुभएको थियो...बाँकी अंश →


सुदूरपश्चिम पृतनापति ट्रफी शुरु

भीमदत्तनगर, ३१ जेठ  ,,   नेपाली सेनाको सुदूरपश्चिम प्रदेशअन्तर्गत पृतनापति ट्रफी खेलकूद प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ । श्री नं २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी शरद ढलकाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा आयोना गरिएको सो प्रतियोगिता शुभारम्भ गर्नुभयो । सहायकरथी ढकालले ‘खेलौँ र स्वस्थ रहौँ’ भन्ने मनसायसहित अनुशासनमा बसेरस्तरीय खेल...बाँकी अंश →


फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु

काठमाडौँ, ३० जेठ    ,,  कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने दोस्रो संस्करणको अन्तरविद्यालय फुटसल प्रतियोगिता भोलिदेखि शुरु हुने भएको छ । दुईदिने उक्त प्रतियोगितामा विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रतियोगितामा १६ वर्षभन्दा मुनीका विद्यार्थीले मात्र खेल्न पाउने प्रावधान छ । च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा आयोजना...बाँकी अंश →


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह

चितवन, २८ जेठ  ,,  बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ...बाँकी अंश →


रङ्गशालाको बार भत्काउने मुख्य आरोपीसहित सबै छुटे

चितवन, २७ जेठ   ,,   पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित...बाँकी अंश →


प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनल शनिबार

काठमाडौँ, २४ जेठ  प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त भोलि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दुवै टोली उपाधि रक्षा गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन् । पुलिसले...बाँकी अंश →


कोपा अमेरिकाबाट नेमार बाहिरिए

ब्रासिलिया, २३ जेठ  ,,  ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ...बाँकी अंश →


सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

काठमाडौँ, २७ वैशाख ,,  राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा...बाँकी अंश →


बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

काठमाडौँ, २५ वैशाख ,, बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter