बुधबार, ०२ जेठ २०८१

फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु

३० जेष्ठ २०७६, बिहीबार १२:१८ मा प्रकाशित

काठमाडौँ, ३० जेठ    ,,  कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने दोस्रो संस्करणको अन्तरविद्यालय फुटसल प्रतियोगिता भोलिदेखि शुरु हुने भएको छ । दुईदिने उक्त प्रतियोगितामा विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रतियोगितामा १६ वर्षभन्दा मुनीका विद्यार्थीले मात्र खेल्न पाउने प्रावधान छ । च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु ३० हजारसहित ट्रफी र पदक तथा उपविजेताले रु २० हजारसहित पदक र ट्रफी पाउने छ । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter