बुधबार, ०२ जेठ २०८१

खेलकुद

एएफसी छनोट खेल्ने महिला टोली घोषणा

काठमाडौँ, ३ वैशाख ,, एशियाली फुटबल महासङ्घ (एएफसी) छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो । टोलीमा गोलकिपर अन्जनाराना मगर, रेविका राई, उषा नाथ, डिफेण्डरमा निशा...बाँकी अंश →


नेपालले मलेसियालाई हरायो

काठमाडौँ, २ वैशाख  मलेसियामा जारी आइसिसी १९ वर्षमुनि ९यू–१९० एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । तीन खेल खेलेको नेपालको यो दोस्रो जीत हो...बाँकी अंश →


खेलाडीलाई होटल अभाव

राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा टेबलटेनिस र बास्केटबल प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित वसोवासको समस्यामा रहेका छन् । खेलकूदको लागि देशभरका सातवटै प्रदेशका खेलाडी, खेलसँग सम्बन्धित व्यक्ति र खेलप्रेमी दाङ आएका छन् । बुधबार र बिहीबार उद्घाटन भएका दुई खेल क्रमश टेबलटेनिस र बास्केटबल दुबै घोराहीमा सञ्चालन भइरहेका छन्...बाँकी अंश →


यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य

काठमाडौँ, २९ चैत,, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ । छनोटमा नेपालसहित मलेशिया,...बाँकी अंश →


आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत खेलहरू आजदेखि शुरु

काठमाडौँ, २७ चैत ,, प्रदेश नं. ५ मा आगामी वैशाख ५ देखि औपचारिकरूपमा उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकूदअन्तर्गतका पाँच खेलहरू आजदेखि शुरु हुने भएका छन् । औपचारिक उद्घाटन वैशाख ५ मा हुने भए पनि लामो समयसम्म खेलाउनुपर्ने खेलहरू आजदेखि शुरु गर्न लागिएको राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले जनाएको छ । आजदेखि दाङको...बाँकी अंश →


चार हजार २०० मिटर उचाइमा म्याराथन दौड

ओखलढुङ्गा, २६ चैत ,, ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जित्नुभएको छ । करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी बुढामगर प्रथम हुनुभएको हो ।...बाँकी अंश →


मेन्स स्पोर्टस फिजिक च्याम्पियनशिप हुने

काठमाडौँ, २४ चैत ,, ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ राजधानीमा पाँचौँ मिस्टर फिटनेस फस्र्ट तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनशिप प्रतियोगिता–२०७५ हुने भएको छ । फिटनेस फस्र्ट क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत ३० गते उक्त च्याम्पियनशिप गरिने आयोजकका अध्यक्ष राजकुमार कुँवरले जानकारी दिनुभयो । उहाँका...बाँकी अंश →


तेह्रौँ साग निर्धारित मितिमै ः अध्यक्ष श्रेष्ठ

कास्की, २२ चैत ,, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले सन् २०१९ मा आयोजना हुने दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताको मिति अब सार्न नसकिने बताउनुभएको छ । खेलकूद पत्रकारमञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले डिसेम्बर १ देखि १० गतेसम्मका लागि नेपालमा तय भएको साग...बाँकी अंश →


विश्वकप फुटसल : नेपाल तीनै खेलमा पराजित

काठमाडौँ, २२ चैत ,, अर्जेन्टिनामा जारी १२आँै संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए । यो हारसँगै नेपाल समूह ‘डी’ मा जितविहीन बन्दै...बाँकी अंश →


फिफा वरियतामा नेपाल यथावत्

काठमाडौँ, २१ चैत ,,फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ । अघिल्लो महीना पनि नेपाल १६१आँैं स्थानमा थियो । दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१औँ...बाँकी अंश →


प्रवासीको सहयोगमा खेलमैदान निर्माण

म्याग्दी, १७ चैत ,,  रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ । कतारमा रहेका काफलडाँडाका युवाको सहयोगमा जग्गा खरीद गरेर देवी देउराली युवा क्लबको खेलमैदान निर्माण भएको हो । करीब रु पाँच लाख लगानीमा ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको खेलमैदान निर्माण...बाँकी अंश →


अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई सम्मान

गलेश्वर, १४ चैत ,, कराते खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ । भारतमा सम्पन्न दोस्रो साउथ एशियाली रिजनल कन्ट्रिज क्याकोसिन कराते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्णपदक जितेका केसीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले नगद रु...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter