शुक्रबार, १६ चैत २०८०

खेलकुद

प्रथम ‘प्रकाश दाहाल स्मृति भलिबल’ प्रतियोगिता हुने

काठमाडौँ, १२ भदौ  प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपाल (गोरखा–काठमाडौँ)को आयोजनामा यही भदौ २४ देखि २८ सम्म राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । प्रगतिशील युवा नेपालले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी सर्वाधिक धनराशि पुरस्कार भएको भलिबल...बाँकी अंश →


साफ च्याम्पियनसिपः फाइनमा पुग्न नेपाललाई चुनौती

काठमाडौँ, ११ भदौ      भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ । त्यस्तै हिजो भएको खेलमा नेपालले साविक विजेता...बाँकी अंश →


खेलमैदान निर्माण

म्याग्दी, ११ भदौ  म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ १२० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिका स्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका...बाँकी अंश →


ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण

ललितपुर, १० भदौ   पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ । समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो । मोबाइल प्रयोगका कारण पारिवारिक धन्दा र मोहभन्दा पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण बढ्दै गएसँगै माया र स्नेह कमी...बाँकी अंश →


विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

काठमाडौँ, २४ साउन  कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एशिया दोस्रो चरण छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको पहिलो खेल उसैको मैदानमा खेल्ने निश्चित भएको छ । कुवेतविरुद्धको नेपालको होम खेल कुवेतमा नै खेलाउनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गरेको प्रस्ताव कुवेत फुटबल सङ्घले आज स्वीकृति दिएपछि नेपालले...बाँकी अंश →


सेब भलिबल आजदेखि

काठमाडौँ, २३ साउन सामाखुशी इङ्लिस बोर्डिङ स्कूल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । एक सय १७ टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको विजेता टोलीले रु एक लाख पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो ।...बाँकी अंश →


कराँते च्याम्पियनसीप हुने

कास्की, १४ साउन  ,,  पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनसीप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताउनुभयो । प्रतियोगितामा...बाँकी अंश →


रङ्गशाला निर्माणाका लागि महानगरका कर्मचारी र जनप्रतिनिधिद्वारा सहयोग

रत्ननगर, १२ साउन  ,,  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस¬–सुन्तली फाउण्डेसनलाई रु ५१ लाख ५० हाजर सहयोग गरेका छन् । महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । महानगरपालिकाका २९ वटै वडाका...बाँकी अंश →


नेपालको विश्वकप खेल्ने सपना अधुरै रह्यो

सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको हो । यस हारसँगै नेपाल...बाँकी अंश →


रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य सङ्घद्वारा सहयोग

चितवन, ९ साउन   ,,  धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई आज सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग...बाँकी अंश →


एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने

काठमाडौँ, ८ साउन   ,,  थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् । यही साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट तीन खेलाडीलाई सहभागिता गराउने निर्णय गरिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घले जनाएको छ ।...बाँकी अंश →


विश्वकप एशिया छनोटमा नेपालको पहिलो जीत

काठमाडौँ, ८ साउन  ,,  सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter