पर्सा, १ जेठ (रासस) नेकपा (माओवादी केन्द्र) पार्टीका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले फोरमलाई चाँडै सरकारमा सहभागी गराइने तर सरकारमा सहभागिताबारे राष्ट्रिय जनता...बाँकी अंश →
काठमाडौँ, १ जेठ (रासस) कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ । हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ । आयोगले विज्ञका रुपमा डा हरि रोकालाई छनोट गरिसकेको...बाँकी अंश →
आठराई, तेह्रथुम, १ जेठ (रासस) ः तेह्रथुमको आठराई गाउँपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ गाउँसभाबाट पारित गरेको छ । नेपालको संविधान २०७२ बमोजिम स्थानीय तहको शिक्षासम्बन्धी अधिकार सुनिश्चित गर्न आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ पारित गर्दै आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४ निर्माण गरेको हो । गाउँपालिकाको स्थानीय अध्यापन अनुमतिपत्र,...बाँकी अंश →
महोत्तरी, जेठ १ (रासस) कृषि क्षेत्रलाई प्रबद्र्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताउनुभएको छ । सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्नुहुँदै कृषिमन्त्री साहले प्रदेश नं २ पूर्णयता कृषिमा आधारित रहेकाले कम समयमा बढी उत्पादन...बाँकी अंश →
काँकडभिट्टा, १ जेठ (रासस) पाँचदिन अघि विद्यालय सञ्चालकद्वारा मनोमानीपूर्वक हटाइएका मेचीनगर–१३ चारआलीस्थित लिटल एन्जेल्स बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेश सेढाई अभिभावकको समर्थनमा पुनर्बहाली हुनुभएको छ । एक हजारभन्दा बढी विद्यार्थी रहेको लिटल एन्जेल्सका सञ्चालकले प्रधानाध्यापक सेढाईलाई गत शुक्रबार हटाएका थिए । तर उनलाई हटाइएकोमा विरोध जनाउँदै सयौँ अभिभावकले सोमबार विद्यालयमा तालाबन्दी...बाँकी अंश →
रोल्पा, १ जेठ (रासस) रोल्पाका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट चार परिवार घरवारविहीन हुन पुगेका छन् । त्रिवेणी गाउँपालिका–४ जुगारमा आइतबार बेलुका भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन् । स्थानीय हरि परियारको गोठबाट सल्केको आगोले हरि परियार, रमेश परियार...बाँकी अंश →
म्याग्दी, १ जेठ (रासस) म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आइतबार आएको बाढीले पु¥याएको क्षतिको विवरण संकलन र पीडितलाई राहत दिन शुरु गरिएको छ । किम्लाखर्कको ठाडो खोल्सामा आएको बाढी बस्तीतर्फ पसेपछि चार घरमा पूर्णरुपमा र ११ घरमा आंशिक क्षति हुँदा करीब रु एक करोड बढी क्षति भएको हो । बाढीले...बाँकी अंश →
रामपुर, पाल्पा, १ जेठ (रासस) माटोका भाँडा बनाउन आवश्यक पर्ने माटो गाउँमा पाइन छाडेपछि कुमाल समुदायको पेशा नै खोसिन पुगेको छ । पुस्तौँदेखि माटोको भाडा बनाएर जीवन धान्दै आएका पाल्पा रामपुर नगरपालिका–६ मा बसोबास गर्ने कुमाल समुदाय गाउँमा माटो पाइन छाडेपछि पेशा नै खोसिन पुगेकोमा चिन्तित बनेका छन् । दुर्गादेवी...बाँकी अंश →
बाबियाचौर, म्याग्दी, १ जेठ (रासस) ः मध्यपहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनीदेखि ढोरपाटन जोड्ने दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको १८ किलोमिटर ट्रयाक खुलेको छ । सडक डिभिजन कार्यालय, बागलुङले एक दशकअघि ट्रयाक खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम शुरु गरेको छ भने जिल्ला समन्वय समितिले कृषि सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम—ताकम...बाँकी अंश →
माडी, चितवन, १ जेठ (रासस) ः सोमबारको चर्काे घामको रापको कलाकारलाई कुनै परबाह थिएन, माडी अयोध्यापुरी सामुदायिक भवनमा । छेउमा थियो मकै र भटमासको खाजा । रङमा चोप्दै कला कोर्न ब्रस समातेका कलाकारका हात बेलाबेलामा मकै र भटमासमा पुग्थे । मुखमा मकै कुटुकुटु चपाए पनि उनीहरुको नजर कहिले मोबाइलमा पुग्थ्यो...बाँकी अंश →
जाजरकोट, १ जेठ (रासस) ः जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ । जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी,...बाँकी अंश →
जनकपुरधाम, १ जेठ (रासस) मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्दैछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजा–आजा गर्ने चलन छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको विश्वासअनुसार यस व्रतको शुरुवात भएको हो । त्यसैले यसलाई वट–सावित्री...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: