आइतबार, ०६ जेठ २०८१

प्रदेश

खुला दिसाका कारण प्रत्येक घण्टा एकको मृत्यु हुने

विराटनगर, १ जेठ (रासस) ः घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा यहाँ आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिले खुला दिसाका कारण युवती...बाँकी अंश →


अनुप स्मृति गोल्ड कपको उपाधि नेर्पालाई

खोटाङ, १ जेठ (रासस) ः अनुप स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेल मैदानमा भएको फाइनल खेलमा बुइपा सेवा समाज बुइपालाई टाइबे्रकरमा हराउँदै नेर्पाले गोल्ड कपको उपाधि उचालेको हो । निर्धारित समयमा बराबरी २–२ गोल भएपछि भएको टाइबे्रकरमा बुइपालाई ६–५ गोल...बाँकी अंश →


ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम

पोखरा, १ जेठ (रासस) ः नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयको प्रवद्र्धन एवं इलाका प्रहरी कार्यालय, डाँडाको नाक र लेखनाथ होटल व्यवसायी संघको आयोजनामा लेखनाथ क्षेत्रमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता विषयक तालीम प्रदान गरिएको छ । पर्यटक सर्वप्रथम ट्याक्सी चालकसँग सम्पर्कमा जाने भएका कारण उनीहरूलाई पर्यटकसँग गरिने व्यवहारलगायतका जानकारी दिने उद्देश्यका...बाँकी अंश →


चार ठाउँमा आगलागी हुँदा रु सातलाख क्षति

कञ्चनपुर, १ जेठ (रासस) ः हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् शर्ट भई आगलागी हुँदा झण्डै रु सात लाख भन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा...बाँकी अंश →


सरकारमाथि भरोसा गर्न सङ्केत देखिएको छैन्ः नेता निधि

जनकपुरधाम, ३१ वैशाख (रासस) ः नेपाली काँगे्रसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारमा आन्तरिक धमिरा लाग्न शुरू भइसकेको बताउनुभएको छ । काँगे्रस धनुषाको १३ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सरकारमाथि भरोसा गर्न सक्ने सङ्केत देखिएको छैन् । ” उपसभापति निधिले सरकारको क्रियाकलापले संघीय संरचना र संविधानमाथि खतरा उत्पन्न...बाँकी अंश →


कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित

काठमाडौँ, ३१ वैशाख ९रासस०कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित रहेको छ । कर्णाली विकास आयोगले गरेको अनुसन्धानमा सो क्षेत्रका २५ प्रतिशत गाउँमात्र बस्न लायक रहेको र बाँकी ७५ प्रतिशत बस्ती कुनै न कुनै रुपमा असुरक्षित रहेको उल्लेख छ । करीब पाँच महिनाको समयअवधिमा गरेको सो अनुसन्धान प्रतिवेदनमा त्यस क्षेत्रका अधिकांश...बाँकी अंश →


ऐनकानुको अधिकार प्रयोग गर्न मुख्यमन्त्रीको आग्रह

हेटौँडा, ३१ वैशाख (रासस)  प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिलाई स्थानीय तहमा रहेको ऐनकानुनको अधिकार प्रयोग गरी विकासनिर्माणलाई कार्यान्वयन गर्नेतर्फ एक जुट हुन आग्रह गर्नुभएको छ । मकवानपुर जिल्ला समन्वय समितिको प्रथम भेला परिषद्को आज हेटौंँडामा उद्घाटन गर्दै उहाँले स्थानीय तहले सीमित स्रोतसाधनलाई सन्तुलित ढंगबाट परिचालन...बाँकी अंश →


भारतीय प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक

काठमाडौँ, ३१ वैशाख (रासस) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण उपलब्धिमूलक भएको नेताहरुले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता पशुपति शम्शेर जबराले यसअघि नेपाल र भारतबीचको सम्बन्धमा केही फाटो आएको भए पनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुबै देशबीचको...बाँकी अंश →


कर्णाली राजमार्गमा जोडियो जगदुल्ला

त्रिपुराकोट, डोल्पा, ३१ वैशाख (रासस) जगदुल्ला गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । छिमेकी जिल्ला जुम्लासम्म पुगेको कर्णाली राजमार्गबाट जगदुल्ला गाँउपालिकामा पहिलो पटक जीप पुगेको छ । जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउँपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट बा १९ च १६६८ नंको जिप पुगेपछि स्थानीयवासीले खुशी हुँदै स्वागत गरेको र जीप...बाँकी अंश →


आँधीबेहरीबाट धनजनमा ठूलो क्षति

धनगढी, ३१ वैशाख (रासस)  गएराति कैलालीमा चलेको भीषण आँधीबेहरीका कारण धनमालको ठूलो क्षति पुगेको छ । झन्डै आधा घन्टासम्म चलेको आँधीबेहरीका कारण कच्ची घरको धुरी (बल्ली) खस्दा त्यसमा च्यापिएर गौरीगङ्गा नगरपालिकाकी ५६ वर्षीया चारुमति बुढाको मृत्यु भएको हो । यसैगरी आँधीबेहरीका कारण कैलारी गाउँपालिका हसुलियाकी २१ वर्षीया बेदनिया चौधरी र...बाँकी अंश →


प्रदेश विनियोजन विधेयकलाई स्वीकृति

धनगढी, ३१ वैशाख (रासस) ः प्रदेश नं ७ मन्त्रिपरिषद्कोे आज बसेको बैठकले प्रदेश विनियोजन विधेयक, २०७५ लाई स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश आर्थिक विधेयक, २०७५ तर्जुमा गर्न पनि स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले जानकारी दिनुभयो । यस्तै प्रदेशको...बाँकी अंश →


सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

बुटवल, ३१ वैशाख (रासस)  गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको ‘हेडबक्स’ भन्ने स्थानमा राति देखिनै पहिरोका कारण अवरुद्ध सडक झन्डै १४ घण्टापछि एकतर्फी खुलेको हो । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स भन्ने ठाउँमा माथिबाट सडकमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter