सोमबार, २४ बैशाख २०८१

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट

२० जेष्ठ २०७५, आईतवार २१:१३ मा प्रकाशित

काठमाडौँ, २०, जेठ (रासस) ः प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगितामा आर्मीले प्रदेश नं ४ लाई पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह ‘ए’ अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ४ नं. प्रदेशले २९ ओभरमा ७६ रनमा अलआउट भयो । उसका लागि अनिल गुरुङले ४२ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए ।

प्रदेश नं. ४ को इनिङ ध्वस्त पार्न आर्मीका विक्रम सोब, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिए । ७७ रनको विजयी लक्ष्य पच्छाएको आर्मीले १६ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

आर्मीको जितमा अनिल मण्डलले २८, सागर पुनले २६ तथा नरेश बुढाऐरले १० रनको योगदान दिए । अलराउण्ड प्रदर्शन गरेका सागर पुन खेलको ‘म्यान अफ द म्याच’ चुनिए ।

त्यसैगरी आजै कीर्तिपुरस्तिथ त्रिवि मैदानमा भएको खेलमा प्रदेश नं. ५ ले पनि प्रदेश नं. ६ विरुद्ध नौ विकेटको सहज जित हासिल ग¥यो ।

जितसँगै प्रदेश नं. ५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्दा पराजयसँगै प्रदेश नं. ६ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं. ५ ले २२ दशमलव ५ ओभरमा ५५ रनमा अलआउट भयो । उसका लागि विजय विष्टले १७ रन बनाउँदा बाँकी कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् ।

प्रदेश नं. ६ को इनिङ धराशायी बनाउने क्रममा प्रदेश नं. ५ का कप्तान शक्ति गौचनले शानदार बलिङ गरे । ६ ओभर बलिङ गरेका शक्तिले ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए । उनी खेलको ‘म्यान अफ द म्याच’ चुनिए । त्यस्तै विक्रम भुसालले पनि ३ विकेट नै झारे ।

जवाफमा प्रदेश नं. ५ ले १० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसको जितमा शंकर रानाले २९ तथा सन्दिप सुनारले २७ रन बनाए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter