शनिबार, २२ बैशाख २०८१

प्रदेश २

गर्मीका कारण जनजीवन कष्टकर

लहान, २३ जेठ (रासस) ः पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ । अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । वैशाख–जेठमा...बाँकी अंश →


दुई भारतीय भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ

पर्सा, २३ जेठ (रासस) ः भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई सार्वजनिक गरेको हो । वीरगञ्जको रजतजयन्ती...बाँकी अंश →


‘लीलाध्वज साहित्य सम्मान’ ताना शर्मालाई

काठमाडौँ, २३ जेठ (रासस) ः लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा योगदान पु¥याएबापत शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिनुभयो । सो पुरस्कारको राशि रु २५ हजार र...बाँकी अंश →


अत्यधिक गर्मीले तराईको जनजीवन अस्तव्यस्त

महेन्द्रनगर, धनुषा, २३ जेठ (रासस) ः धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र...बाँकी अंश →


शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

राजविराज, २३ जेठ (रासस) ः प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नुभएको हो ।...बाँकी अंश →


सिरहामा मानवअधिकार सञ्जाल

लहान, २२ जेठ (रासस) ः मानवाधिकारसँग जोडिएका घटनालाई उजागर गरी प्रभावकारी ढंगले सामाजिक न्याय स्थापित गराउने उद्देश्यले सिरहामा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको छ । सिरहाको लहानमा तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) को पहलमा सम्पन्न भेलाले चन्दनकुमार कर्णको संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालका सहसंयोजकमा रिक्मा...बाँकी अंश →


राजधानी सहमतिको आधारमा कायम गर्न प्रधानमन्त्रीको आग्रह

हेटौँडा, २१ जेठ (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश न. ३ को स्थायी राजधानीको विषयमा सहमतिको आधारमा कायम गर्न आग्रह गर्नुभएको छ । आज हेटौँडामा प्रदेश नं ३ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजधानी जहाँभएपनि फरक नपर्ने संकेत गर्नुभयो । प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, “तपाईहरुका अगाडि केही काम...बाँकी अंश →


पिपिआर रोगविरुद्धको सुई दिने कार्य शुरु

वीरगञ्ज, २१ जेठ (रासस) ः पशु स्वास्थ्य निर्देशनालयको वार्षिक कार्यक्रमअन्तर्गत खसीबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको सुई दिने कार्य पर्सा जिल्लामा शुरु भएको छ । जिल्लामा बढी बाख्रापालन हुने क्षेत्रलाई प्राथमिकतामा राखी ९० हजार खसीबाख्रालाई पिपिआर रोगविरुद्धको सुई लगाउने कार्य शुरु भएको जिल्ला पशुसेवा कार्यालय पर्साले जनाएको छ । पिपिआर रोग लागेपछि...बाँकी अंश →


तरकारी व्यापारले फेरियो सियावतीको जीवन

लहान, १९ जेठ (रासस) ः कुनै बेला घरबाट निस्कन र कसैसँग हतपति बोल्नसमेत लजाउने सिरहा लक्ष्मीपुर गाउँपालिका–६ सलोखरीकी सियावतीदेवी रामलाई अहिले बजारमा तरकारी पु¥याउन भ्याइनभ्याई भएको छ । सामान्य लेखपढ गर्नसमेत नजानेकी सियावतीलाई बिहान हुनेबित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजिकको शहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ ।...बाँकी अंश →


बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण

गौशाला, १९ जेठ (रासस) ः महोत्तरी जिल्लामा गतवर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहतस्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सरकारले यसै महिनामा महोत्तरी जिल्लाका दुई हजार पाँच सय ४ घरपरिवारलाई जनही रु २५ हजारका...बाँकी अंश →


मेडिकल कलेजको अवस्था नाजुक,विद्यार्थीको भविष्य अन्योलमा

जनकपुरधाम, १९ जेठ (रासस) ः जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ । सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो । कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष...बाँकी अंश →


क्यान्सर रोग विरुद्ध सरकारले ठोस योजना ल्याउँछः मुख्यमन्त्री राउत

लहान, १७ जेठ (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरको उपचारसँगै यो रोग लाग्नै नदिन सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्व धूमपानरहित दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले आज सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “क्यान्सर रोग बढ्दै गएकाले यो रोग...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter