शनिबार, ०५ जेठ २०८१

राजधानी सहमतिको आधारमा कायम गर्न प्रधानमन्त्रीको आग्रह

२१ जेष्ठ २०७५, सोमबार २१:०६ मा प्रकाशित

हेटौँडा, २१ जेठ (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश न. ३ को स्थायी राजधानीको विषयमा सहमतिको आधारमा कायम गर्न आग्रह गर्नुभएको छ ।

आज हेटौँडामा प्रदेश नं ३ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजधानी जहाँभएपनि फरक नपर्ने संकेत गर्नुभयो ।

प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, “तपाईहरुका अगाडि केही काम छन्, प्रदेशको अस्थायी केन्द्र छ, राजधानी तोक्नुपर्नेछ, मेरो सुझाव छ, राजधानी एउटा हुन्छ, जति रस्साकस्सी गरेपनि एउटा हुन्छ, सबैभन्दा अनकूल, सबैभन्दा राम्रो, सबैभन्दा ठीक जे हुन्छ त्यो गर्नुहोस्, सहमतिले गर्नुस्, लडाई गरिरहनुपर्ने विषय नै हैन, हेटौँडामा राजधानी भयो भने विकास हुन्छ भन्ने लागेको होला, अन्त पनि राजधानी नभए पनि विकास हुन्छ ।”

उहाँले भन्नुभयो, “कुनैपनि ठाउँ पछि पर्दैनन्, बाटो बनिहाल्छन्, स्कुल खुलिहाल्छन्, उद्योग, कलेज, तालीमकेन्द्र, अस्पताल खुलिहाल्छन्, सुरक्षा निकाय रहन्छन्, अनि रोजगारीको अवसर हुन्छन् भने केमा फरक पर्छ र ?”

उहाँको अभिव्यक्तिले राजधानी जता भएपनि विकासमा फरक नपर्ने सन्देश दिएको भन्दै स्थायी राजधानीका लागि हेटौँडालाई सहयोग हुने नेकपाका नेता तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले बताउनुभयो ।

राजधानीको विषयमा प्रधानमन्त्री ओलीले दिनुभएकोे अभिव्यक्तिप्रति मकवानपुरका सांसद तथा नेकपाका नेता मुनु सिग्देलले पनि खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशसभामा राजधानीका विषयमा धेरै बहस भएको बुझेर प्रधानमन्त्रीले राजधानीमा मात्र विकास हुन्छ भन्ने कुरा भ्रम रहेको भनेर बुझाउन खोज्नुभएको र राजधानी यहीँ नै उत्तम रहेको संकेत दिनुभएको हो ।”
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter