शुक्रबार, २१ बैशाख २०८१

प्रदेश २

विश्वकप फुटबल पनि हेरिने, रक्तसञ्चार भवनलाई सहयोग पनि हुने

र्दिवास, ३१ जेठ (रासस) ः महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् । महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा निर्माणाधीन रक्त सञ्चार केन्द्र भवनको सहयोगार्थ उपयोग गर्न लागेको हो । आज साँझ रुसको राजधानी मस्कोमा शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण...बाँकी अंश →


चौध महिनामा काष्ठमण्डप पुनःनिर्माणको दोस्रो सम्झौता

काठमाडौँ, २९ जेठ (रासस) ः विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रको काष्ठमण्डप पुनःनिर्माणका लागि १४ महिनाकाबीच दोस्रो पटक सम्झौता भएको छ । विसं २०७४ वैशाख २९ गते काष्ठमण्डप पुनःनिर्माणका लागि अभियान नामक संस्थालाई सम्झौता गरेर बनाउने जिम्मेवारी दिइएको थियो । त्यसबेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाका...बाँकी अंश →


कालोबजारी गरेको आरोपमा पेट्रोल पम्प बन्द

महेन्द्रनगर, धनुषा, २९ जेठ (रासस) ः पेट्रोलियम पदार्थमा कालोबजारी गरेको जनाउँदै जनकपुरस्थित तीन पेट्रोल पम्प बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्रीवितरण गरिरहेको आरोपमा जिरो माइलको भी आयल तथा मुजेलियाको बाबा पेट्रोल पम्प र जनकपुर डिजेल सेन्टर बन्द...बाँकी अंश →


अत्यधिक गर्मीका कारण विद्यालय बन्द

पर्सा, २९ जेठ (रासस) ः एक सातायता बढेको अत्यधिक गर्मीका कारण चार स्थानीय तहमा रहेका विद्यालय आजदेखि बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो । वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम्मका लागि...बाँकी अंश →


बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो

वीरगञ्ज, २९ जेठ (रासस) ः बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काममध्ये १२ किलोमिटरसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि बिछ्याउने काम सम्पन्न भएको छ । गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद...बाँकी अंश →


समृद्धि नै एक मात्र अभीष्ट हो ः अध्यक्ष दाहाल

र्दिवास, २८ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै मुलुकका सामु एक मात्र अभीष्ट रहेको बताउनुभएको छ । नेकपा महोत्तरीले आज जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब कुनै बहाना र अप्ठ्यारो देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था नरहेको बताउनुभयो ।...बाँकी अंश →


पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरेको अभियोगमा तीन पक्राउ

महेन्द्रनगर, धनुषा २८ जेठ (रासस) ः पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले आज नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ । निगमको महेन्द्रनगर डिपोका प्रमुख इञ्जिनीयर मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याङ्कर व्यवसायी संघका अध्यक्ष किसुनदेव साहलाई...बाँकी अंश →


प्रदेश नं २ ः नीति तथा कार्यक्रम पारित

महेन्द्रनगर, धनुषा २८ जेठ (रासस) ः प्रदेश नं २ मा प्रदेश सरकारको आव २०७५। ०७६को नीति तथा कार्यक्रमसहित दुई विधेयक आज सर्वसम्मतले पारित भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि सात जनाले संशोधन प्रस्ताव दर्ता गराए पनि सबैले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी,...बाँकी अंश →


उखु किसानको धर्ना स्थगित, तालाबन्दी भने यथावत

महोत्तरी, २८ जेठ (रासस) ः उखु किसानको रकम भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आइतबार महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको मूलढोकामा धर्नामा बसेका किसानकहाँ पुगेर अबको एक हप्तापछि उखु किसानको रकम भुक्तानी दिलाउने प्रतिवद्धता व्यक्त...बाँकी अंश →


मधेशवादी दलको अस्पष्टताले अन्तरविरोधको अवस्था

जनकपुरधाम, २७ जेठ (रासस) ः प्रदेश नं २ को नामकरण र कामकाजको भाषाका सम्बन्धमा मधेशवादी दलको अस्पष्टताले अन्तरविरोधको अवस्था सिर्जना भएको धारणा व्यक्त गरिएको छ । निर्वाचनका बेला मैथिली र भोजपुरीमा मत माग्ने तर विजयी भएपछि दुवै भाषाको विरोधमा उभिने मधेशवादी दलका जनप्रतिनिधिको क्रियाकलापले प्रदेशको नामकरण र प्रदेशको कामकाजको भाषा...बाँकी अंश →


सुख्खा बन्दरगाह भन्सारमा राजश्व वृद्धी

पर्सा, २७ जेठ (रासस) ः रेल सेवा पुगेको नेपालको एक मात्र वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा एक्काइस अर्ब भन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि वैशाखसम्मको दश महिनामा उक्त कार्यालयले रु २१ अर्ब ५९ करोड एक लाख राजश्व संकलन...बाँकी अंश →


राजपा पनि सरकारमा जान इच्छुक ः संयोजक ठाकुर

महेन्द्रनगर, धनुषा, २७ जेठ (रासस) ः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताउनुभएको छ । उहाँले सरकारमै जान पार्टी बनेको भन्नुहुँदै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताउनुभयो । राजनीतिक समितिको बैठक टारेर जनकपुर आउनुभएका संयोजक ठाकुरले विमानस्थलमा आज...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter