शनिबार, ०५ जेठ २०८१

सिरहामा मानवअधिकार सञ्जाल

२२ जेष्ठ २०७५, मंगलवार १४:४७ मा प्रकाशित

लहान, २२ जेठ (रासस) ः मानवाधिकारसँग जोडिएका घटनालाई उजागर गरी प्रभावकारी ढंगले सामाजिक न्याय स्थापित गराउने उद्देश्यले सिरहामा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।

सिरहाको लहानमा तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) को पहलमा सम्पन्न भेलाले चन्दनकुमार कर्णको संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालका सहसंयोजकमा रिक्मा विश्वकर्मा र सचिवमा रामनारायण पण्डितलाई चयन गरिएको छ । सञ्जालका सदस्यमा मुकेशकुमार यादव, महेश सिंह, तञ्जिल खातुन, गीता साह, मोहन पासवान, शान्ति पासवान, सञ्जय विश्वकर्मा र दिलीप सहनी रहनुभएको छ ।

थर्ड एलायन्स प्रदेश २ का संयोजक रञ्धीर चौधरीले सामाजिक न्याय तथा सदृढीकरणका लागि स्थानीय समुदायलाई अधिकार र कर्तव्यबारेमा सचेतना दिलाउन थर्ड एलायन्सले विभिन्न जिल्लामा सञ्जाल गठन गरिरहेको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter