शनिबार, २९ बैशाख २०८१

प्रदेश ७

कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान

डोटी, २३ भदौ    नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिनुभएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ । सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल सिलगढीमा भर्ना हुनु भएका केआईसिंह गाउँपालिका ६ भूमिराजमाण्डौकी २२ वर्षीया भावना नाथ योगीलाइ प्रमुख सेनानी खड्काले दुई पिन्ट ए पोजेटिभ रगत...बाँकी अंश →


गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सम्पन्न

घोडाघोडी, २३ भदौ  ः सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुनेभएको छ । गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । भौतिक पूर्वाधार निर्माणको काम भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिनुभयो...बाँकी अंश →


मालपोत कार्यालयको सेवा अवरुद्ध हुँदा समस्या

बैतडी, २३ भदौ  ः मालपोत कार्यालय बैतडीले प्रदान गर्ने सम्पूर्ण सेवा पाँच दिनदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यही भदौ १९ गतेदेखि मालपोल कार्यालयका सम्पूर्ण सेवा अवरुद्ध भएका छन् । कार्यालय सार्ने काम भइरहेकाले सेवा अवरुद्ध भएको मालपोत कार्यालयले जनाएको छ । कार्यालयले यसअघि गोठलापानीबाट सेवा दिइरहेको भए...बाँकी अंश →


करोडको स्याउ बारीमै थन्कियो

बाजुरा, २३ भदौ    सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किसानको सपना समयमै सडक नखुल्दा...बाँकी अंश →


सुदूरपश्चिमको प्रसिद्ध घण्टेश्वर देवताको मेला

डोटी, २२ भदौ  डोटी र डडेल्धुरा जिल्लाको सिमाना नजिकै अवस्थित प्रमुख धार्मिकस्थल घण्टेश्वरमा मेला आज राति विशेष धार्मिक मेला लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त मेलामा राजारजौटाकै पालादेखि मालपोत कार्यालयमार्फत मेला खर्च पठाइँदै आएकामा त्यसै व्यवस्थाअनुसार नेपाल सरकारले पनि रकम पठाउँदै आएको छ । मेला व्यवस्थापन...बाँकी अंश →


पुल नहुँदा जोखिमपूर्ण यात्रा

बैतडी, २२ भदौ    बैतडी जिल्लाको दुर्गम सिगास गाउँपालिका–७ न्यौलालीगाड खोलामा पुल नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । न्यौलालीगाड खोलाको पतलीटाप नजीक पुल नहुँदा उक्त क्षेत्रका नागरिक जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य भएका छन् । बर्सातको समयमा खोला बढेर आउने हुँदा खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी भोजराज...बाँकी अंश →


चार बिघा जग्गा दोदा नदीले कटान गरी बगायो

कञ्चनपुर, २२ भदौ  कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ । तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ । नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष...बाँकी अंश →


जनमोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश

बैतडी, २२ भदौ    राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता÷कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् । सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश...बाँकी अंश →


गाईसहित मिनीट्रक र चालक नियन्त्रणमा

अमरगढी, २० भदौ  डडेल्धुरा जिल्लाबाट अवैधरुपमा तस्करी गर्न लागिएको १४ गाईसहितको मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ र अमरगढी नगरपालिकाबाट अवैधरुपमा तस्करी गरी मुगु पु¥याउन लागिएका सयौँ सङ्ख्याका गाईमध्ये १४ गाईसहितको से १ क ३०८ नम्बरको मिनीट्रक तथा त्यसका चालक प्रकाश थापा र सुरेन्द्र चन्दलाई...बाँकी अंश →


बिरामी नआउँदा सुनसान आयुर्वेद औषधालय

डोटी, २० भदौ  प्राय दुर्गम क्षेत्रका अस्पताल तथा स्वास्थ्य चौकीमा चिकित्सकको अभाबमा उपचारका लागि बिरामीहरू सदरमुकाम धाउन बाध्य भएको समाचार आइरहेका बेला यहाँका स्वास्थ्यकर्मीहरू बिरामीको बाटो कुर्छन्भन्दा अचम्म लाग्न सक्छ तर दिपायलस्थित जिल्ला आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीहरु सधैँ बिरामीको बाटो कुरिरहेका हुन्छन् । उक्त औषधालयमा कहिलेकाहीँ मात्रै एक–दुई बिरामी उपचारका लागि...बाँकी अंश →


क्षेत्रीय सदरमुकामको चहलपहल घट्यो

डोटी, १९ भदौ  गाउँमा स्थानीय सरकार गठन भएसँगै सामान्यदेखि अन्य आर्थिक कारोवार गाउँपालिकाबाट नै हुन थालेपछि जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय सदरमुकाममा चहलपहल एकाएक घटेको छ । पछिल्लो केही वर्षयतादेखि डोटीको दिपायल, सिलगढीको बजार सङ्घीयताको मारमा परेको स्थानीयबासिन्दाको भनाइ छ । यतिमात्र नभई सङ्घीयता लागू भएर प्रदेश सरकार गठन भई...बाँकी अंश →


सुदूरपश्चिममा मनसुनी वर्षा कमजोर

धनगढी, १९ भदौ  सुदूरपश्चिम प्रदेशमा यो वर्ष मनसुनी वर्षा औसतमा कम मात्रामा भएको छ । मनसुनको प्रभाव प्रदेशका पहाडी जिल्लामा केही बढी देखिएको भए पनि तराईका कैलाली, र कञ्चनपुरमा विगतका वर्षमा जस्तो अहिलेसम्म सक्रिय हुन सकेको छैन । प्रदेशमा यस वर्ष जुन २० को आसपासमा मनसुन प्रवेश भएको अत्तरियास्थित जल...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter