मङ्गलबार, ०१ जेठ २०८१

करोडको स्याउ बारीमै थन्कियो

२३ भाद्र २०७६, सोमबार ११:१७ मा प्रकाशित

बाजुरा, २३ भदौ    सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किसानको सपना समयमै सडक नखुल्दा टुटेको छ । जिल्लामा एक हजार ५० मेट्रिक कटन स्याउ उत्पादन हुने तथ्याङ्क छ । बारीमै रु १५ किलोमा बिक्री गर्दा पनि किसानको हातमा रु पौने दुई करोड पर्नुपर्ने हो, तर किसानले सडक समस्याकै कारण वर्षेनी नोक्सानी बेहोर्न बाध्य छन् । ४३ किलोमिटर मार्तडी कोल्टी सडकका लागि रु ३५ करोड बढी खर्च गरी सकिएको छ । तर पनि हरेक वर्षात्मा बाटो बन्द हुने गरेको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यो वर्ष स्याउ उत्पादन बढेको छ । यकिन तथ्याङ्क नआएपनि २० प्रतिशतले उत्पादन बढेको अनुमान केन्द्रले गरेको कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो । स्याउ बारी नजिक उचित बजार नहुनु र मार्तडी कोल्टी सडक बन्द हुनु किसानका लागि अभिसाप बनेको छ । बारीमै कुहिएर, आफन्तलाई दिएर वा आफूले खाएर पनि रु डेढ करोडको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको २३० हेक्टरमा स्याउखेती गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter