बुधबार, १२ बैशाख २०८१

गाईसहित मिनीट्रक र चालक नियन्त्रणमा

२० भाद्र २०७६, शुक्रबार १५:५९ मा प्रकाशित

अमरगढी, २० भदौ  डडेल्धुरा जिल्लाबाट अवैधरुपमा तस्करी गर्न लागिएको १४ गाईसहितको मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ र अमरगढी नगरपालिकाबाट अवैधरुपमा तस्करी गरी मुगु पु¥याउन लागिएका सयौँ सङ्ख्याका गाईमध्ये १४ गाईसहितको से १ क ३०८ नम्बरको मिनीट्रक तथा त्यसका चालक प्रकाश थापा र सुरेन्द्र चन्दलाई उक्त नगरपालिका–५ स्थित तुफानडाँडाबाट प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहरा नेतृत्वको टोलीले नियन्त्रमा लिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । गाई कुन नियतले लैजान खोजेका हुन भन्नेबारे अनुसन्धान गरिरहेका छौँ र जुन ठाउँबाट गाई ल्याइएको हो ती ठाउँका व्यक्तिलाई जिम्मा लगाउन प्रहरी र स्थानीय जनप्रतिनिधिलाई निर्देशन गरिसकिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्षको रोहवरमा गाई निकासी अमरगढी नगरपालिका–६ का भरत ताम्राकारले भीमदत्त राजमार्गका छाडागाई र अन्य गाईलाई हामी मुगु लौजाँदै छौँ तपाईको वडाबाट हामीलाई अमरगढी नगरपालिका–७ र ८ मा पर्ने रातागनुमा गाई सङ्कलनका लागि सहयोग गरिदिनु प¥यो अनि मुगु जिल्ला लगेर छोड्छौँ भन्दै वडा कार्यालयमा आएकाले मलगायत ६० वडाबसीको उपस्थितिमा सहमति भई शुक्रबार १४ वटा गाई पठाइएको गन्यापधुरा–१ वडाध्यक्ष चेतराज भट्टले जानकारी दिनुभयो । उहाँले छाडा चौपायाका कारण राजमार्गमा हुने दुर्घटना र बालीनाली क्षति रोक्न हामीले सहयोग गरेपनि कुन नियतले यस्तो गर्न खोजेको थाहा नभएको बताउनुभयो । नियन्त्रणमा लिइएका गाई सम्बन्धित ठाउँमा जिम्मा लगाइएको र गाई लौजान खोजेको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter