शुक्रबार, २१ बैशाख २०८१

समाचार

दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा

काठमाडौँ, ३० वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे प्रतिनिधिसभामा आज सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उहाँले भन्नुभयो, “ दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा अघि बढाएर लैजाने वातावरण बनेको छ ।”...बाँकी अंश →


बम विस्फोटको आरोपमा पक्राउ

बनियानी, झापा, ३० वैशाख (रासस) ः झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । बिहान करीब ३ बजे...बाँकी अंश →


सडक जीवन बिताउनेहरूको पुनःस्थापना शुरु

बुटवल, ३० वैशाख (रासस) ः यहाँका सडकमा जीवन जिउन बाध्य सबै बेसहारा तथा मनोरोगीलाई पुनःस्थापना गरिने भएको छ । आउँदो साउन महिनासम्ममा यहाँका सडकलाई मानवरहित घोषणा गर्नेगरी पुनःस्थापना अभियान शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा मानव सेवा आश्रमले आजदेखि आजदेखि उक्त अभियान शुरु गरेको हो । आश्रमका लागि उपमहानगरपालिकाले...बाँकी अंश →


केन्द्रसहित ९३ त्रिवि निकायमा लेखापरीक्षणमा बेवास्ता

काठमाडौँ, ३० वैशाख (रासस) ः त्रिभुवन विश्वविद्यालयका दर्जनौं निकायमा थुप्रै वर्षअघिदेखि लेखापरीक्षण हुन नसकेको तथ्य बाहिर आएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदनमा ‘त्रिविअन्तर्गत रहेका २७३ इकाइले आव २०३३÷३४ देखि लेखापरीक्षण नगराएको औँल्याइएको हो । प्रतिवेदनमा विश्वविद्यालय अनुदान आयोगले त्रिविलाई यस वर्ष चालु खर्चतर्फ...बाँकी अंश →


गण्डक समस्याबारे छलफल नभएकामा गुनासो

नवलपरासी, ३० वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गण्डक नदीको समस्याबारे छलफल नभएको जनाउँदै पश्चिम नवलपरासीका गण्डक पीडितले गुनासो गरेका छन् । नवलपरासीको त्रिवेणीमा बाँध बनाएर भारतको विहार उत्तर प्रदेशमा सिँचाइका लागि लगिएको पानीबाट वर्षेनी नेपालका साविकका १३ गाविस डुबानमा पर्दैआएका छन् । चुनावका बेला मात्रै...बाँकी अंश →


जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य वस्तुको चोरी–निकासी

बाबियाचौर, म्याग्दी ३० वैशाख (रासस) ः बेनी नगरपालिका–१ आनन्दबगरमा बस्ती संरक्षणको बहानामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी–निकासी भएको छ । जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत व्यवस्था विपरीत सेभेनस्टार युवा क्लबका पदाधिकारीले बस्ती संरक्षणको बहानामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी...बाँकी अंश →


भरतपुरमा बम विस्फोट

रत्ननगर, चितवन, ३० वैशाख (रासस) ः चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय...बाँकी अंश →


मोदीको समाचार संकलनमा नेपाली पत्रकारलाई रोक लगाइएकोमा आपत्ति

केयर खबर,काठमांडौ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा मुस्ताङ भ्रमण तथा मुक्तिनाथको दर्शनका क्रममा र काठमाडौं महानगरपालिकाद्वारा गरिएको अभिनन्दन समारोहमा सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक लगाइएकोघटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।   दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी आज विहान पर्यटकीय जिल्ला मुस्ताङको भ्रमण एवं मुक्तिनाथको दर्शनका...बाँकी अंश →


केयर हेल्थमा डाक्टर नजला खातुन

        केयर खबर ,काठमांडौ केयर फाउन्डेशनको स्वास्थ बिभाग ‛केयर हेल्थ कमिटी’मा डाक्टर नजला खातूनलाई नियुक्त गरिएको फाउंडेशनका महासचिव अब्दुस्सबूरले बताए । कान्ति बाल अस्पतालमा बाल रोग बिशेषज्ञ रहेकि नजला स्वास्थ्य शिविर हरू संचालन गरी जनताको सेवा गर्दै आएकी हुन । उनको नियुक्ति हुन साथ विभिन्न मान्छे हरू द्वारा...बाँकी अंश →


द्विपक्षीय शिखर बैठकमा चित्रण भएको प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

काठमाडौँ, २९ वैशाख (रासस) ः गहिरो आत्मीय सम्बन्ध र समझदारीका आधारमा शताब्दीयौँदेखि सुदृढ रहेको नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धमा नयाँ आयाम थपिएको छ । इतिहासको कालखण्डमा झेलिएका आरोह अवरोहलाई इतिहासकै गर्तमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ नेपालको एक दशकको यात्रामा कूटनीतिक फाँटमा नयाँ आयाम थपिनुको कारण बनेको छ– नेपाल र भारतबीच भएको...बाँकी अंश →


मोदीको भ्रमण सफल र ऐतिहासिक ः मन्त्री ज्ञवाली

काठमाडौँ, २९ वैशाख (रासस) ः परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण धैरै हिसाबले सफल, ऐतिहासिक र सम्झनलायक इतिहासको एक महत्वपूर्ण मोड सावित भएको बताउनुभएको छ । प्रधानमन्त्री मोदीको आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भ्रमणपछि सदियौँ पुरानो सम्बन्ध अझै सुदृढ रहने...बाँकी अंश →


नेपालको समृद्धिका लागि जस्तोसुकै सहयोग गर्न भारत तयार – प्रम मोदी

काठमाडौँ, २९ वैशाख (रासस) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालकै आवश्यकता र प्राथमिकतामुताबिक जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको सम्मान कार्यक्रममा नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालले आफ्नो प्राथमिकता र आवश्यकताका आधारमा तय गर्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter