सोमबार, १७ बैशाख २०८१

प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठक

३० बैशाख २०७५, आईतवार २३:०८ मा प्रकाशित

बुटवल, ३० वैशाख (रासस) ः प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठकले विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति स्वीकृत गरेको छ ।

बैठकले विनियोजन विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । अब बस्ने प्रदेशसभाको बैठकमा विनियोजन विधेयकको सैद्धान्तिक छलफल हुने छ ।

यस्तै प्रदेश ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सोमबारदेखि शुरु हुने भएको छ । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख झाको पत्रका आधारमा प्रदेशसभा सचिवालयले यही वैशाख ३१ गते सोमबार अपराह्न १ बजेका लागि बैठक अह्वान गरिएको प्रदेशसभा सचिव मानबहादुर विकले जानकारी दिनुभयो । यस अधिवेशनमा प्रदेश सरकारले आगामी आव २०७५÷७६ का लागि सरकारको नीति, कार्यक्रम र बजेट ल्याउने छ ।

प्रदेश सरकारले चालु आवको २०७४÷७५ को अन्तिम तीन महिनाका लागि रु एक अर्ब पाँच करोडबराबरको बजेट सार्वजनिक गरेको थियो । आगामी आव २०७५÷७६का लागि प्रदेश सरकारलाई संघीय सरकारले करिब रु १५ अर्ब ४२ करोडको बजेटको सिलिङ रहेपनि प्रदेश सरकारले भने करिब रु २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter