शनिबार, ०८ बैशाख २०८१

नगर प्रहरी भर्ना

३१ बैशाख २०७५, सोमबार १२:२१ मा प्रकाशित

2018-05-14 12:33

भक्तपुर, ३१ वैशाख (रासस) सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगरपालिका क्षेत्रको रेखदेखका लागि ११ नगरप्रहरी भर्ना गरेको हो ।

भर्ना भएका ती नगरप्रहरीलाई नगरपालिकाले तालीम दिन थालेको छ । तालीम सम्पन्न भएसँगै उनीहरूलाई नगरपालिका क्षेत्रको रेखदेखका लागि परिचालन गरिने नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाले नगर प्रहरीको तालीम सकिएलगत्तै नगरको रेखरेखका लागि परिचालन गर्नेछ । उनीहरुले नगरपालिकाको मापदण्ड र नियम बाहिर गएर गर्ने कुनै पनि कार्यलाई हटाउने छन् ।”

नगरप्रहरी राख्ने भक्तपुरमा सूर्यविनायक पहिलो नगरपालिका हो । आवश्यकताअनुसार नगरप्रहरीको संख्या थपिँदै जाने बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter