०१ पुष २०८२

समाचार

प्रकाशन तथा प्रसारण समाज गठन

तिलोत्तमा, रुपन्देही, ३१ वैशाख (रासस) ः रुपन्देहीका सञ्चारमाध्यमले सबै ठाउँ र वर्ग क्षेत्रका सामग्रीलाई समावेश गर्दै विकासका मुद्दालाई महत्व दिई सञ्चारमाध्यमबाट प्रकाशित प्रसारित समाचार तथा अन्य सामग्रीलाई अझै बढी खोजपूर्ण र पठनीय बनाउने निणर्य गरेका छन् । रुपन्देहीमा सञ्चालित दैनिक पत्रिका, एफएम रेडियो र टेलिभिजनको संयुक्त भेलाले सञ्चार संस्थालाई थप...बाँकी अंश →


दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

चितवन, ३१ वैशाख (रासस) ः नेकपा (माओवादी केन्द्र्र्र) का अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन् । अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन् । क्षेत्र नं ३ बाहेक...बाँकी अंश →


तीन वर्षदेखि सडक कालोपत्रेको काम अलपत्र

फलेवास, पर्वत, ३१ वैशाख (रासस) ः पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम शुरु हुन सकेको छैन । पर्वतको कुश्मा नगरपालिका–२ छमर्केको घुम्तीदेखि लाम्पाटा–हिमालय मावि जोड्ने सडकमा काम हुन नसकेको हो । २०७२ फागुनबाट काम शुरु भएको घुम्तीदेखि हिमालय मावि...बाँकी अंश →


आठ वटा स्थानीय तहमा ५२ वटा स्वास्थ्य संस्था हस्तान्तरण

गुलरिया, बर्दिया, ३१ वैशाख (रासस) ः यस जिल्लाका स्थानीय तह गाउँपालिका र नगरपालिकामा स्वास्थ्य संस्था हन्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । बर्दियाको ३० वटा स्वास्थ्य संस्था, तीन प्राथमिक स्वास्थ्य कार्यालय, नौवटा सहरी स्वास्थ्य कार्यालय, छवटा सामुदायिक स्वास्थ्य एकाइ र चारवटा आयुर्वेद औषधालय गरी जम्मा ५२ वटा जिल्ला स्वास्थ्य कार्यालयको...बाँकी अंश →


गरीब पिछडीएको अपहेलितः मधेस कि पहाड?

केयर खबर, प्रदेश नं २ का मुख्यमन्त्रीले भारतका प्रधानमन्त्रीलाइ नागरिक अभिनन्दन गर्दा सार्वजनिक बक्तब्य पढ्दै भनेछन्, ‘महामहिमज्यू, मधेश गरिब छ, हामी केन्द्रबाट अपहेलित, ठगिएका छौं, विभेद गरिएको छ र हामी अझै संघर्षत छौं ।’ साच्चै के तराइमधेश गरिब छ? के ठगिएको हो? के तराइमधेश अपहेलित छ? के मधेशीले अधिकार नपाएकै...बाँकी अंश →


प्रदेशः ३ का प्रदेश सदस्य लामिछानेको स्वास्थ्य अवस्था गम्भीर

क्तपुर, ३० वैशाख (रासस) ः प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किनु भएका उहाँलाई आज मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएको हो । चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई आज अचानक ब्रेन ह्यामरेज भएपछि उहाँको अवस्था गम्भीर...बाँकी अंश →


अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

काठमाडौँ, ३० वैशाख (रासस) ः नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष...बाँकी अंश →


छोराद्वारा आमाको हत्या

लहान, ३० वैशाख (रासस) ः सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेको छ । सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी आज बिहान ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेको हो । आमाको हत्या गर्ने धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी...बाँकी अंश →


महिला संघ पदाधिकारी मनोनयनमा विवाद

काठमाडौँ, ३० वैशाख (रासस) ः नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघमा केही दिनअघि गरिएको पदाधिकारी र सदस्यको मनोनयनमा विवाद देखिएको छ । संघका अध्यक्ष उमा रेग्मीले यही वैशाख २८ गते गर्नुभएको केन्द्रीय पदाधिकारी र सदस्यको मनोनयनप्रति संघका महासचिव धना खतिवडाले आज एक विज्ञप्तिमार्फत असहमति प्रकट गर्नुभएको हो । महासचिव खतिवडाले...बाँकी अंश →


प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठक

बुटवल, ३० वैशाख (रासस) ः प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठकले विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति स्वीकृत गरेको छ । बैठकले विनियोजन विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । अब बस्ने प्रदेशसभाको...बाँकी अंश →


‘क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने’

चितवन, ३० वैशाख (रासस) ः नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताउनुभयो । “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार...बाँकी अंश →


मानव अधिकार रक्षक संजाल सुर्खेतको संयोजकमा अशोक राजी

सुर्खेत,३० बैशाख । मानव अधिकार अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्नका लागि आईतबार सुर्खेतमा तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को पहलमा अशोक राजीको संयोजकत्वमा १७ सदस्यीय मानव अधिकार रक्षक संजाल गठन गरिएको छ । थर्ड एलायन्सको पहलमा गठन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले सरकारी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter