2018-05-14 12:33 भक्तपुर, ३१ वैशाख (रासस) सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगरपालिका क्षेत्रको रेखदेखका लागि ११ नगरप्रहरी भर्ना गरेको हो । भर्ना भएका ती नगरप्रहरीलाई नगरपालिकाले तालीम दिन थालेको छ । तालीम सम्पन्न भएसँगै उनीहरूलाई नगरपालिका क्षेत्रको रेखदेखका लागि परिचालन गरिने नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो...बाँकी अंश →
काठमाडौँ, ३१ वैशाख(रासस) ः नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ । जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन बोर्ड, जर्मनीस्थित नेपाली दूतावास र जर्मनीको...बाँकी अंश →
तिलोत्तमा, रुपन्देही, ३१ वैशाख (रासस) ः रुपन्देहीका सञ्चारमाध्यमले सबै ठाउँ र वर्ग क्षेत्रका सामग्रीलाई समावेश गर्दै विकासका मुद्दालाई महत्व दिई सञ्चारमाध्यमबाट प्रकाशित प्रसारित समाचार तथा अन्य सामग्रीलाई अझै बढी खोजपूर्ण र पठनीय बनाउने निणर्य गरेका छन् । रुपन्देहीमा सञ्चालित दैनिक पत्रिका, एफएम रेडियो र टेलिभिजनको संयुक्त भेलाले सञ्चार संस्थालाई थप...बाँकी अंश →
चितवन, ३१ वैशाख (रासस) ः नेकपा (माओवादी केन्द्र्र्र) का अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन् । अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन् । क्षेत्र नं ३ बाहेक...बाँकी अंश →
फलेवास, पर्वत, ३१ वैशाख (रासस) ः पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम शुरु हुन सकेको छैन । पर्वतको कुश्मा नगरपालिका–२ छमर्केको घुम्तीदेखि लाम्पाटा–हिमालय मावि जोड्ने सडकमा काम हुन नसकेको हो । २०७२ फागुनबाट काम शुरु भएको घुम्तीदेखि हिमालय मावि...बाँकी अंश →
गुलरिया, बर्दिया, ३१ वैशाख (रासस) ः यस जिल्लाका स्थानीय तह गाउँपालिका र नगरपालिकामा स्वास्थ्य संस्था हन्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । बर्दियाको ३० वटा स्वास्थ्य संस्था, तीन प्राथमिक स्वास्थ्य कार्यालय, नौवटा सहरी स्वास्थ्य कार्यालय, छवटा सामुदायिक स्वास्थ्य एकाइ र चारवटा आयुर्वेद औषधालय गरी जम्मा ५२ वटा जिल्ला स्वास्थ्य कार्यालयको...बाँकी अंश →

केयर खबर, प्रदेश नं २ का मुख्यमन्त्रीले भारतका प्रधानमन्त्रीलाइ नागरिक अभिनन्दन गर्दा सार्वजनिक बक्तब्य पढ्दै भनेछन्, ‘महामहिमज्यू, मधेश गरिब छ, हामी केन्द्रबाट अपहेलित, ठगिएका छौं, विभेद गरिएको छ र हामी अझै संघर्षत छौं ।’ साच्चै के तराइमधेश गरिब छ? के ठगिएको हो? के तराइमधेश अपहेलित छ? के मधेशीले अधिकार नपाएकै...बाँकी अंश →
क्तपुर, ३० वैशाख (रासस) ः प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किनु भएका उहाँलाई आज मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएको हो । चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई आज अचानक ब्रेन ह्यामरेज भएपछि उहाँको अवस्था गम्भीर...बाँकी अंश →
काठमाडौँ, ३० वैशाख (रासस) ः नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष...बाँकी अंश →
लहान, ३० वैशाख (रासस) ः सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेको छ । सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी आज बिहान ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेको हो । आमाको हत्या गर्ने धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी...बाँकी अंश →
काठमाडौँ, ३० वैशाख (रासस) ः नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघमा केही दिनअघि गरिएको पदाधिकारी र सदस्यको मनोनयनमा विवाद देखिएको छ । संघका अध्यक्ष उमा रेग्मीले यही वैशाख २८ गते गर्नुभएको केन्द्रीय पदाधिकारी र सदस्यको मनोनयनप्रति संघका महासचिव धना खतिवडाले आज एक विज्ञप्तिमार्फत असहमति प्रकट गर्नुभएको हो । महासचिव खतिवडाले...बाँकी अंश →
बुटवल, ३० वैशाख (रासस) ः प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठकले विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति स्वीकृत गरेको छ । बैठकले विनियोजन विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । अब बस्ने प्रदेशसभाको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: