आइतबार, २३ बैशाख २०८१

बेचबिखनको उच्च जोखिममा रहेकी चेलिको उद्धार

१ जेष्ठ २०७५, मंगलवार १३:१२ मा प्रकाशित

सनाउल्लाह खान, कृष्णनगर !     बिगत एक दशक देखि मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागी कृयाशिल रुपमा काम गर्दै आएको सस्था के.आई नेपाल कपिलवस्तुले बेचबिखनको जोखिममा पर्न सक्ने एक चेलिको उद्धार गरेको छ ।जिल्ला कास्की लेखनाथ न.पा बस्ने बर्ष 21 कि मुना नाम परिबर्तन लाई कृष्णनगर सिमाबाट उद्धार गरिएको हो ।उद्धार गरिएकी ती चेली घरमा श्रीमान बाट अनेकौ पिडा सहेर कहिले माईत कहिले घर बस्दै आएको सोधपुछको क्रममा खुलेको छ ।श्रीमानले माईतबाट केहि नल्याएको भनी पटकपटक कुटपिट र यातना दिने गरेको र हाल वैदेशिक रोजगारको शिलसिलामा बाहिर रहेको बुझिएको छ  पीडित मुनालाई बाहिरबाट पनि पटक पटक घरमा नबस भने पछि र घरका अन्य सदस्यले पनि कुनै वास्ता नगरे पछि माईत भौतारिन बाध्य भएको सोधपुछको क्रममा खुल्न आएको छ । माईतिको दुख र घर परिवारको अपहेलना सहन नसकेर साहाराको खोजिमा भौतारिएकी निज चेली मिलन नाम गरेको एक ब्यक्ती सङ्ग चिनजान हुन पुग्यो ।निज मिलन भन्ने ब्यक्तिको  ठेगानाा थर समेत थाहा नभएको ब्यक्तिसंग विभिन्न प्रलोभनमा परि भारत तर्फ जाँदै गर्दा कृष्णनगर सिमाबाट उद्धार गरियो !  उद्धार पश्चात् निज मिलन साथमा नभएको र मोबाईल समेत अफ गरेको कारण नियन्त्रणमा लिन नसकेको के.आई. नेपालका जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिए ।उद्धार गरिएकी चेलिलाई आवाश्यक सहयोग पश्चात् निजको अभिबाक बोलाई छलफल गर्दा आफ्नो छोरी  पुन बेचबिखनको जोखिम तथा अन्य हिंसामा नपरोस भनी के.आई नेपालको संरक्षणमा राखिदिन आग्रह गरे ! आत्म निर्भर गराउने उदेश्यले  के.आई. नेपालको सुरक्षित आवास गृह चितवनमा विभिन्न सीप उपलब्ध गराउने  उदेश्यले लैजाने तयारी रहेको के.आई नेपालका जिल्ला संयोजक बिशकर्माले बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter