आइतबार, १६ बैशाख २०८१

लालबाबू राउतको अभिब्यक्ति मधेश राजनीति कोर्सको करेक्शन :तमरा परिषद

१ जेष्ठ २०७५, मंगलवार १३:२८ मा प्रकाशित

शमशाद आदिल

केयर खबर, काठमांडौ

भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दनको क्रममा प्रदेश न. दुई को मुख्य मन्त्री माननीय मोहम्मद लालुबाबु राउतको स्वागत भाषण विवादित र राष्ट्रिय राजनीतिमा व्यापक चर्चा परिचर्चाको बिषय बनिरहेको बेला तराई मधेश राष्ट्रीय परिषदले साधुवाद गर्दै
मधेश मुद्दा लाई अंतरराष्ट्रीयकरण भएको ठहर गरेको छ ।

 

तराई परिषदले आज
जारी गरेको बिज्ञप्तिमा “
हाम्रो अध्यनमा लोकतन्त्रको अधारभुत मुल्य र मान्यता संग अन्तरसम्बन्धित बिषय बस्तु कुटनीतिक मर्यादा र केवल देशको आन्तरिक सरोकारको बिषय हुन सक्दैन । नेपालको संविधान रहेको विभेदका विषय बस्तु नेपाल बहुसंख्यक नागरिकको आधारभूत लोकतान्त्रिक अधिकार र सार्बभौम न्याय संग अन्तरसम्बन्धित छ्न । यसको विरुद्धमा मधेस विगत देखि नै आन्दोलनरत छ्न र जसमा सयौं वीर मधेसीले ज्यान गुमाए छ्न । यो भारत सहित देश र दुनियाँलाई अवगत भएको कुरा हो । ” लेखिएको छ ।

 

 

मधेशको राजनीतिक ,शैक्षिक , आर्थिक, पहिचान लगायत विभिन्न बिषयमा तराई मधेश राष्ट्रीय परिषदले रचनात्मक कार्य गर्दै आएको छ ।
परिषदले मुख्यमन्त्रीको अभिव्यक्ति केवल लोकरंजन र राजनीतिलाई भावनात्मककरण गर्दै प्रियतावाद तिर उन्मुख नभएर मधेसको राजनीतिको कोर्स करेक्सनको संकेत हो भन्ने यो स्वागत योग्य अभिव्यक्तिको ठहर रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter