शनिबार, २२ बैशाख २०८१

समाचार

डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

दुनै, डोल्पा, ३ जेठ (रासस)  जिल्लामा पछिल्लो समय धामी र लामाले मदिरा नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका छन् । संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दो क्रममा रहेको बेलामा गाउँगाउँमा धामी र लामाले मदिरा नियन्त्रण गर्न थालेका हुन् । गृह मन्त्रालयको लागूऔषध अपराध विशेष मदिरा नियन्त्रण र नियमन विशेष अभियान अन्तर्गत...बाँकी अंश →


फौजदारी अभियोग लागेमा स्वतः निलम्बन: राप्रपा

काठमाडौँ, ३ जेठ (रासस)  राष्ट्रिय प्रजातन्त्र पार्टीले फौजदारी अभियोग लागेमा सांसदको पद स्वतः निलम्बन हुने कानूनी व्यवस्थाको पक्षमा रहने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भुवन पाठकले आज जानकारी दिनुभयो । यही जेठ ७ गतेदेखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकमा...बाँकी अंश →


प्रेस काउन्सिल ऐन समयसापेक्ष संशोधन हुँदै

काठमाडौँ, ३ जेठ (रासस)  पत्रकारिताको पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा संवद्र्धनका लागि गठित प्रेस काउन्सिल ऐन समयसापेक्ष संशोधन हुँदैछ । २०४८ सालमा काउन्सिलसम्बन्धी जारी ऐन छापामाध्यममा केन्द्रित भएको भन्दै त्यसलाई समयसापेक्ष संशोधन गर्न लागिएको काउन्सिलले जनाएको छ । काउन्सिल पत्रकार आचारसंहिता उल्लंघनका विषयमा...बाँकी अंश →


धादिङको दुर्घटनामा एकको मृत्यु

मलेखु, धादिङ, ३ जेठ (रासस)  कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबँेसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नं को ट्रक सडकबाट जंगलमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक...बाँकी अंश →


महासंघका लागि रु सातलाख

लिबाङ, रोल्पा, ३ जेठ (रासस)  नेपाल पत्रकार महासंघ, जिल्ला शाखा, रोल्पाको भवन निर्माण र पत्रकारिता कल्याणकारी कोष स्थापनाका लागि हालसम्म रु सातलाख भन्दा बढी रकम संकलन भइसकेको महासंघका अध्यक्ष मानसिंह विश्वकर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार मंगलबार मात्र रोल्पाको लिबाङमा आयोजना गरिएको रकम संकलन कार्यक्रमबाट रु ५४ हजार ११०...बाँकी अंश →


पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ, २ जेठ (रासस)ः पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र...बाँकी अंश →


बिहीबार एमाले माओवादी एकता हुन्छ, प्रवक्ता भुसाल

काठमाडौँ, २ जेठ (रासस)ः नेकपा (माओवादी केन्द्र) ले भोलि बिहीबार नेकपा (एमाले) सँग पार्टी एकता गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताबारे...बाँकी अंश →


एकीकृत स्वास्थ्य नीति बनाइने

काठमाडौँ, २ जेठ (रासस) ः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले मानसिक स्वास्थ्य समस्याको उपचारका लागि समस्याको मुख्य कारण पत्ता लगाउन जरुरी रहेको बताउनुभएको छ । महिला पुनःस्थापना केन्द्र (¬ओरेक) नेपाल र तरङ्गिनी फाउन्डेसनको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘महिलामुखी दृष्टिकोणबाट मनोविमर्श’ विषयक कार्यक्रममा उहाँले एकीकृत स्वास्थ्य नीति बनाउन सरकार...बाँकी अंश →


प्रदेशसभाको दोसो अधिवेशन शुरु

धनगढी, २ जेठ (रासस)ः प्रदेश नं ७ प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि शुरु भएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आव २०७५÷७६ का लागि ल्याइने बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति (कर प्रस्तावबाहेक) मा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । बैठकमा आर्थिक मामिला तथा योजना...बाँकी अंश →


काँगे्रसले विषयगत समितिमार्फत धारणा व्यक्त गर्ने

काठमाडौँ, २ जेठ (रासस) ः नेपाली काँग्रेसले नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा विषयगत समिति गठन गरी पार्टीको ठोस धारणा व्यक्त गर्ने भएको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारद्वारा चालु संसद अधिवेशनमा प्रस्तुत गरिने बजेट र नीतिका सम्बन्धमा विषयगत समितिमार्फत छलफल गर्ने निर्णय गरेको हो । बैठकले...बाँकी अंश →


मातृभाषा र लिपि संरक्षणमा नयाँ पुस्तालाई जिम्मेवार बनाउनुपर्छ

हेटौँडा, २ जेठ (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री डोरमणि पोैडेलले दुर्गम भेगमा बसोबास गर्ने जातिका लोप हुन लागेको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई जीवन्त राख्न जिम्मा युवा पुस्तालाई दिनुपर्ने र भाषा आयोगले यसमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय र भाषा आयोगको संयुक्त आयोजनामा...बाँकी अंश →


सडक र ट्राफिक व्यवस्थापनका निर्णय कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २ जेठ (रासस) ः गृहमन्त्री रामबहादुर थापाले सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा गृह सचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ, ललितपुर महानगरपालिका प्रमुख, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको बैठकमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter