सोमबार, २४ बैशाख २०८१

पत्रकार मिश्रमाथिको दुव्र्यवहारको भत्र्सना

३ जेष्ठ २०७५, बिहीबार १९:३७ मा प्रकाशित

काठमाडौँ, ३ जेठ (रासस) ः नेपाल पत्रकार महासंघले राष्ट्रिय समाचार समिति (रासस)
का उपसमाचारदाता पूर्णप्रसाद मिश्रमाथि समाचार संकलनका क्रममा भएको दुव्र्यवहारको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

पत्रकार मिश्रमाथि आज अपराह्न गोठाटारस्थित वाग्मती पुल नजिकै भइरहेको वाग्मती सौन्र्दयीकरणको तस्वीर लिने क्रममा निर्माणको तस्वीर खिंच्ने अनुमति कसले दियो भन्दै दुव्र्यवहार गरिएको थियो । आफूलाई कालिका कन्स्ट्रक्सनको मान्छे भन्दै पाँच सात जनाले उहाँको परिचयपत्र केहीबेर नियन्त्रणमा लिनाका साथै पत्रकार मिश्रको तस्वीर लिएर छाडेका थिए ।

जनतालाई सुसूचित गराउने कार्यमा जुटेका पत्रकारलाई पेशागत दुरुत्साहन गर्नु प्रेस स्वतन्त्रतामाथिको नियन्त्रण भएको ठहर गर्दै महासंघका कावा महासचिव प्रकाश थापाले आज विज्ञप्तिमार्फत उक्त घटनाको सत्यतथ्य छानवीन गरी दोषीमाथि कारवाही र पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गर्नुभएको छ । त्यसैगरी पत्रकार महासंघ रासस शाखाले पनि पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारको भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter