
काठमाडौँ, १ असार (रासस)ः गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि मन्त्रालयले ठोस कदम चालिसकेको बताउनुभएको छ । यहाँ आज मगर समुदायको पवित्र चाड भूमे (भूमिया) का उपलक्ष्यमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले जनताको रगत पसिनाबाट जम्मा भएको राजश्वको सदुपयोगका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सोही अवसरमा...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस) ः नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) की नवनियुक्त प्रतिनिधि बुश्रा हालेपोटाले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उहाँ नेपाल आउनुभन्दा अगाडि उहाँ सोमालियास्थित राष्ट्रसंघीय शरणार्थी नियोगमा कार्यरत हुनुहुन्थ्यो । सो अवसरमा उहाँले नेपालले विभिन्न देशबाट आएका शरणार्थीका लागि...बाँकी अंश →

काठमाडौँ, १ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोग गरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताउनुभएको छ । चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान प्रान्तका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको निमन्त्रणामा कुन्मिङमा आयोजित पाँचौँ चाइना साउथ एशिया एक्प्रो र तेस्रो...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस) ः नयाँ शक्ति पार्टी नेपाल निकट युवाशक्ति नेपालको राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाले रमेश पोखरेलको अध्यक्षतामा ६० सदस्यीय कार्यसमिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा भीम पराजुली, नीरज प्रधान, रामकृष्ण जैसी, राजेश विद्रोही, ज्ञानु खतिवडा र रञ्जितकुमार चौधरी तथा महासचिवमा घमनसिंह गुरुङ चयन गरेको छ...बाँकी अंश →
कपिलवस्तु, १ असार (रासस) ः कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन लाख रकमसहित पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस रकम लिएको सूचनाका आधारमा महतोको डेरामा अख्तियारले छापा...बाँकी अंश →

रौतहट, १ असार (रासस) ः पूुर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दुुई तिहाईको वर्तमान सरकारसँग कांग्रेसलाई नझस्किन सुुझाव दिनुुभएको छ । गृह जिल्ला रौतहटको गुजरा नगरपालिका–९ मैढाटोलमा आज आयोजित एक कार्यक्रममा उहाँले सरकार सुुखी नेपाली र समृद्ध नेपाल बनाउन लागिरहेका बेला प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसलाई सरकारसँग न...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस)ः नेपाली काँग्रेसले सुर्खेतस्थित आफ्नो पार्टी कार्यालयमा प्रवेश गरी प्रहरी आक्रमण भएको भनी आपत्ति जनाएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीले गरेको प्रदर्शनपछि काँग्रेस सुर्खेतको जिल्ला पार्टी कार्यालयमा प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गरेको भनी विरोध गर्दै पञ्चायतकालमा...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस) ः एकतापछि नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकतायताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत...बाँकी अंश →

काठमाडौँ, १ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतासँगै सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको आधार तय गर्न आफूहरु अग्रसर भएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपालको संयुक्त विस्तारित बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले एकताले अन्तर्राष्ट्रिय आयाम दिएको र यसलाई ठीक ढंगले...बाँकी अंश →

Care khabar , kathmandu नेपाल लगायत बिश्वमा छरिएर रहेका इस्लाम धर्मावलम्बीहरुको इशभय बढाउने , एकताको सन्देश दिने ,न्यायिकता ,सद्भाव,इमानदारिता, दान गर्ने महान चाडपर्व ईदुल फ़ितरः को अवसरमा केयर फाउंडेशन ,केयर खबर, केयर ह्युमन राइट , एस टुगेदर वी क्यान, अहमद बिन हम्बल लगायत संघ संस्थाहरूले मुस्लिम समुदायलाई शुभकामना दिएका छन ।...बाँकी अंश →

नयाँ दिल्ली, १ असार (रासस÷सिन्ह्वा) ः उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणीपुरमा जारी यस प्रकोपमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् । उक्त...बाँकी अंश →

संयुक्त राष्ट्रसंघ, १ असार (रासस÷सिन्ह्वा) ः बङ्गलादेशको कोक्स बजारमा हजारौँको सङ्ख्यामा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएका समाचारहरु आउन थालेका छन् । उनीहरुको स्वास्थ्य र सुरक्षा खतरामा पर्न लागेको अधिकारीहरुले जनाएका छन् । केही दिनयता बङ्गलादेशमा सुरु भएको मनशुनी वर्षाका कारण यस्तो अवस्था देखिएको उनीहरुको भनाई छ । कडा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: