शुक्रबार, २१ बैशाख २०८१

युवाशक्ति ःपोखरेलका अध्यक्षतामा कार्यसमिति

२ असार २०७५, शनिबार ००:१५ मा प्रकाशित

काठमाडौँ, १ असार (रासस) ः नयाँ शक्ति पार्टी नेपाल निकट युवाशक्ति नेपालको राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाले रमेश पोखरेलको अध्यक्षतामा ६० सदस्यीय कार्यसमिति गठन गरेको छ ।

भेलाले उपाध्यक्षमा भीम पराजुली, नीरज प्रधान, रामकृष्ण जैसी, राजेश विद्रोही, ज्ञानु खतिवडा र रञ्जितकुमार चौधरी तथा महासचिवमा घमनसिंह गुरुङ चयन गरेको छ । सातै प्रदेशमा एक एक सचिव तथा ४३ केन्द्रीय सदस्य मनोनयन गरिएको छ । भूगोल र क्षेत्रका आधारमा प्रतिनिधित्व हुन नसकेका समूहलाई समावेशी प्रतिनिधित्व गराउन १५ केन्द्रीय सदस्य पछि मनोनयन गरिनेछ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष पोखरेलले शिक्षा स्वास्थ्यलगायत जनताको मौलिक अधिकारलाई निजीकरण गर्न नपाइने बताउँदै युवालाई उत्पादनसँग जोड्न नसकेका कारण करीब ४० प्रतिशत युवा विदेशिएकामा चिन्ता व्यक्त गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter