शुक्रबार, २१ बैशाख २०८१

नेपालस्थित राष्ट्रसंघीय शरणार्थी नियोगमा नयाँप्रतिनिधि

२ असार २०७५, शनिबार ००:२५ मा प्रकाशित

काठमाडौँ, १ असार (रासस) ः नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) की नवनियुक्त प्रतिनिधि बुश्रा हालेपोटाले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।

उहाँ नेपाल आउनुभन्दा अगाडि उहाँ सोमालियास्थित राष्ट्रसंघीय शरणार्थी नियोगमा कार्यरत हुनुहुन्थ्यो ।

सो अवसरमा उहाँले नेपालले विभिन्न देशबाट आएका शरणार्थीका लागि आश्रय दिएर लामो समयदेखि उदारता प्रदर्शन गरिरहेको बताउँदै नेपाल सरकार र यसका साझेदारसँगको समन्वयमा शरणार्थी व्यवस्थापनको दिगो समाधानका लागि आफूले काम गर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रसंघीय शरणार्थी नियोगले अहिले पनि पूर्वी नेपालको बेलडाँगी र शनिश्चरेमा अवस्थित दुई भुटानी शरणार्थी शिविरमा रहेका करिब सात हजार शरणार्थीको संरक्षण र सहायता लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter