शनिबार, २२ बैशाख २०८१

भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि ठोस कदम

२ असार २०७५, शनिबार ००:२९ मा प्रकाशित

काठमाडौँ, १ असार (रासस)ः गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि मन्त्रालयले ठोस कदम चालिसकेको बताउनुभएको छ ।

यहाँ आज मगर समुदायको पवित्र चाड भूमे (भूमिया) का उपलक्ष्यमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले
जनताको रगत पसिनाबाट जम्मा भएको राजश्वको सदुपयोगका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सोही अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मगर समुदायका ऐतिहासिक –सांस्कृतिक चार्डपर्वलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । खानेपानीमन्त्री विना मगरले नेपालमा भएका हरेक परिवर्तनका आन्दोलनमा मगर समुदायले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल मगर संघका अध्यक्ष नवीन रोक्काले आदिवासी जनजाति समुदायले मनाउँदै आएको चाडपर्वका अवसरमा दिइएको बिदालाई सरकारले कटौती गरेकामा गुनासो गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter