शनिबार, २२ बैशाख २०८१

सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

२ असार २०७५, शनिबार ००:१४ मा प्रकाशित

कपिलवस्तु, १ असार (रासस) ः कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन लाख रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस रकम लिएको सूचनाका आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकमसहित महतोलाई फेला पारेको अख्तियार बुटवलले जनाएको छ । वनबाट गोलिया निकासी, काठ कटानी अनुमतिका लागि सेवाग्राहीबाट सो रकम घुस लिएको र थप अनुसन्धान जारी रहेका अख्तियारले जनाएको छ । महतो दुई वर्षदेखि कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका थिए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter