
काठमाडौँ- यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका चार जना सदस्यको आत्माको चीर शान्तिको कामना गर्दै क्यबिन क्रु एशोसियसन अफ नेपाल एयरलाइन्सले दीप प्रज्वलन गरेको छ । सोमबार काठमाडौंको न्युरोडस्थित नेपाल वायुसेवा निगमको कार्यालयअगाडि एसोसिएसनले पाइलट, को–पाइलटलगायत चालक दलका सदस्यको निधनप्रति दुःख व्यक्त गर्दै दीप प्रज्वलन गरेको हो ।...बाँकी अंश →

पोखरा – पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका सदाकत अलिमियाँको शव परिवारलाई बुझाइएको छ। पोखरा महानगरपालिका–१३ मियाँपाटनका २६ वर्षीय मियाँको शव सोमबार साँझ परिवारलाई बुझाइएको हो। उनी हजका लागि गएकी सानीआमालाई काठमाडौँ पुर्याएर फर्कने बेलामा सेती खोंचमा आइतबार भएको विमान दुर्घटनामा परेका थिए। उनको आइतबार नै सनाखत भएको...बाँकी अंश →
काठमाडौँ– पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना...बाँकी अंश →

धनगढी/ मोहन जोशी १ माघ (माघी) अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ । थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४६ सुरु हुँदैछ । जसका लागि थारु समुदाय तयारीमा जुडेकाे छ । माघि र नयाँ वर्षलाई धुमधामका साथ मनाउने...बाँकी अंश →

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै महामन्त्री थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै...बाँकी अंश →

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री दाहालले गोरखाका ठूला विकासका...बाँकी अंश →

काठमाडौँ – उपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको संवैधानिक इजलासले माघ ११ गतेदेखि अन्तिम सुनुवाइका लागि पेशी तोक्न आदेश दिएको छ। अन्तरिम आदेशमार्फत भन्दा पनि विषयको निरुपण अन्तिम सुनुवाइका बखत नै गर्ने गरी माघ ११ गतेका लागि पेशी तोक्न आदेश दिएको हो। आदेशमा भनिएको...बाँकी अंश →

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका लागि गठबन्धनमा आबद्ध दलहरुले नीतिगत प्राथामिकता र कार्यक्रम तय गरेको छ। शुक्रबार गठबन्धन दलहरुको बैठकले पारित गरेको कार्यक्रममा एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने र संसदको पहिलो अधिवेशनबाट १२ वटा कानुन संशोधन गर्ने उल्लेख छ। कार्यक्रममा उल्लेख गरिएको छ, ‘सरकारले...बाँकी अंश →

काठमाडौँ – खारेज भइसकेको नागरिकताको आधारमा उम्मेदवारी दिएकाले उनलाई सांसदका रुपमा काम गर्न नदिन माग गर्दै परेको दुईवटा रिटमाथि पुस २२ गते सुनुवाइ हुने भएको छ। यसअघि पुस ६ गते संवैधानिक इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो। मंगलबार सार्वजनिक भएको लिखित आदेशमा अन्तरिम आदेशबारे छलफल...बाँकी अंश →

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग विगतका विवाद बिर्सिर अघि बढ्न चाहेको बताएका छन्। प्रधानमन्त्री भएपछि भारतीय मिडिया एबिपी न्युजलाई दिएको अन्तरवार्तामा दाहालले आफू भारतसँग मिलेर अघि बढ्न इच्छुक रहेको उल्लेख गरेका हुन्। दाहालले आफू भारतसँग राम्रो सम्बन्ध बनाउन तयार रहेको बताएका छन्। उनले भनेका छन्, ‘हामी भारतसँग राम्रो...बाँकी अंश →

काठमाडाैँ – नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले बिहीबार पद तथा गाेपनीयताकाे सपथ लिएका छन्। संङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघिमात्रै सांसद्हरूले प्रतिनिधिसभाका जेष्ठ सांसद् पशुपतिशमशेर जबराद्वारा शपथग्रहण गरेका हुन्। १३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका थिए। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले...बाँकी अंश →

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भएपछि अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुन बाँकी छ। २०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल पाँच वर्ष आउँदो फागुन २९ गते सकिँदैछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी कानुनले कार्यकाल सकिनुभन्दा एक महिना अघि नै...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: