१२ चैत २०८१

पोखरा विमान दुर्घटनाः सदाकतको शव परिवारलाई बुझाइयो

२ माघ २०७९, सोमबार २१:०७ मा प्रकाशित

पोखरा – पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका सदाकत अलिमियाँको शव परिवारलाई बुझाइएको छ। पोखरा महानगरपालिका–१३ मियाँपाटनका २६ वर्षीय मियाँको शव सोमबार साँझ परिवारलाई बुझाइएको हो।

उनी हजका लागि गएकी सानीआमालाई काठमाडौँ पुर्‍याएर फर्कने बेलामा सेती खोंचमा आइतबार भएको विमान दुर्घटनामा परेका थिए। उनको आइतबार नै सनाखत भएको थियो।

पोखराको चिप्लेढुंगामा फेन्सी पसल सञ्चालन गर्दै आएका उनले अष्ट्रेलिया जाने तयारी गरिरहेका थिए। उनको आजै मुस्लिम परम्पराअनुसार अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ।

आज तीन वटा शवको पोस्टमार्टम हुनेछ। पत्रकार त्रिभुवन पौडेल र लोकदोहोरी गायिका निरा छन्त्यालको शवको पोस्टमार्टम गरिने जनाइएको छ।

भोलि बाँकी शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाउने तयारी छ। दुर्घटनामा परेर ज्यान गुमाएका २४ जनाको मात्रै पोखरामा पोस्टमार्टम हुनेछ।

तपाईंको प्रतिकृयाहरू

gandaki province

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter