शनिबार, ०८ बैशाख २०८१

रवि लामिछानेलाई सांसद पदमा काम गर्न दिने कि नदिने भन्नेबारे २२ गते छलफल हुने

१२ पुष २०७९, मंगलवार २०:४६ मा प्रकाशित

काठमाडौँ – खारेज भइसकेको नागरिकताको आधारमा उम्मेदवारी दिएकाले उनलाई सांसदका रुपमा काम गर्न नदिन माग गर्दै परेको दुईवटा रिटमाथि पुस २२ गते सुनुवाइ हुने भएको छ।

यसअघि पुस ६ गते संवैधानिक इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो। मंगलबार सार्वजनिक भएको लिखित आदेशमा अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई २२ गते उपस्थित हुन भनेको हो।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको उम्मेदवार बन्न योग्यता नै नपुगेकाले उनलाई शपथ ग्रहण गर्न रोक लगाउनु पर्ने माग गर्दै रिट परेको थियो। सर्वोच्चले पहिलो सुनुवाइमा अन्तरिम आदेश नदिँदा भोलिपल्ट लामिछानेलाई शपगग्रहण गर्न बाटो खुलेको थियो।

सोमबार गृहसहित उपप्रधानमन्त्री नियुक्त भएका लामिछानेले लामिछानेले २०५० सालमा लिएको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको दाबी युवराज पौडेल (सफल)ले रिटमा गरेका छन्।

त्यस्तै, अधिवक्ताद्वय रविराज बसौला र नाबीबाबु खत्रीले पनि लामिछानेको उम्मेदवार हुन आवश्यक पर्ने नेपाली नागरिकता नै नभएको दाबी गरेका छन्।

उनले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको समेत तथ्य फेला परेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter