बिहिबार, २० बैशाख २०८१

राष्ट्रिय

सिरहा युवा संजाल द्वारा छात्रवृत्ति प्रदान

सिरहा युवा संजालद्वारा अायोजना गरिएको छात्रावृत्ति कार्यक्रम-२०७५ आज बैशाख १०गते बिदद्यार्थी हरुको नामावली सार्वजनिक गरेको छ। यस कार्यक्रमले सिराहा जिल्लाको विभिन्न स्थानका ६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको छ ।ती बिधार्थीहरुलाइ गोलबजार क्षेत्रको ख्याती प्राप्त बिधालयहरुमा सरकारी दस्तुर (आवेदन दस्तुर , रजिस्ट्रेसन दस्तुर , ) बाहेक अन्य...बाँकी अंश →


पार्टी एकता घोषणा हुनमात्रै बाँकी: मन्त्री थापा

चितवन, १० वैशाख (रासस): गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको बताउनुभयो । संयोजन समितिले मिति तोक्नमात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक...बाँकी अंश →


समृद्धिको आधार पर्यटन प्रवद्र्धन: मन्त्री बस्नेत

काठमाडौं, १० बैशाख (रासस): वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । आइतबार यहाँ पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया गु्रपको चौथो वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न...बाँकी अंश →


प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

काठमाडौँ, ९ वैशाख ९रासस०:  ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आज शंकास्पद वस्तु विस्फोटन भएको छ । अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ । विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् । घटनास्थलमा थप दुई शंकास्पद वस्तु...बाँकी अंश →


अन्धविश्वास/महिनावारी हुँदा छाउगोठः जनावरभन्दा देवताकै डर

जाजरकोट, ९ वैशाख (रासस) : जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छन् । “ममात्रै...बाँकी अंश →


६९८ आरोही हिमाल आरोहणमा

काठमाडौँ, ८ वैशाख (रासस): यस वर्षको वसन्त ऋतुमा (याम) सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिइसकेका छन् । यी मध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित...बाँकी अंश →


स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र

काठमाडौँ, ८ वैशाख (रासस):  औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सकेसम्म वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए...बाँकी अंश →


अन्तर्राष्ट्रिय उडान १२ बजेसम्ममा सञ्चालनमा आउने

काठमाडौँ, ७ वैशाख (रासस): मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्न १२ बजेपछि खुल्ने भएको छ । अहिले उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको र १२ बजेसम्म उक्त काम सकेर पुनः अन्तर्राष्ट्रिय उडान...बाँकी अंश →


गैंडा लिन चिनिया प्रतिनिधि चितवनमा

रत्ननगर, चितवन, ६ वैशाख (रासस):  छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णय अनुसार चितवन निकुञ्जमा गैंडा नियन्त्रणमा लिने प्रक्रिया शुरु भएको छ । केही दिन अघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको काम थालिएको निकुञ्जका प्रमुख वेदकुमार ढकालले जानकारी दिनुभयो । चिनिया प्रतिनिधिसमेत चितवन आएकाले आज पनि...बाँकी अंश →


चार हिमालका लागि चार सय आरोही आधार शिविरमा

सल्लेरी, सोलुखुम्बु, ६ वैशाख (रासस): वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करीब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् । यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हँुदै आधार शिविर पुगिसकेका छन्् । आजसम्म ४० समूहका आरोही सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसी) नाम्चेमा दर्ता गराएर आधार शिविरतर्फ लागेका हुन् ।...बाँकी अंश →


भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर: गृहमन्त्री थापा

रत्ननगर, चितवन, ६ वैशाख (रासस):  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताउनुभएको छ । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भन्नुभयो, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम...बाँकी अंश →


मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही

काठमाडौँ, ५ वैशाख (रासस)ः सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको ‘निजी विद्यालयको चर्को शुल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रियामा सहभागीले तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयलाई कारबाही गर्नुपर्ने बताए...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter